बिरामिलाई ओढ्न फाईबर सिरक प्रदान

देउखुरी, १२ पुस । पुसको जाडो । लमही अस्पतालमा भर्ना भएका बिरामिले ओढ्न न कम्बल थियो, न तातो कपडा । अस्पतालमा भर्ना भएका बिरामी जाडोले कठ्याङ्ग्रीनु पर्ने अवस्था । अनि सरसफाईको लागी चाहिने साबुन समेत थिएन । यस्तो समस्या झेलेको लमही अस्पतलाल लाई सहयोग संकलन गर्ने निर्णय केही युवाहरुले गरे ।

Buddha International Hospital

Advertise with us

त्यसको नेतृत्व सामाजिक अगुवा तथा युवा व्यवसायी नारायण डिसी छम्पालीले गर्नु भयो । पहिलो दिनमै २७ सय बराबरको साबुन अस्पतालाई हस्तान्तरण गरियो । दोस्रो दिन १९ हजार पाँच सय बराबरको फाईबर सिरक र सरसफाईमा चाहिने अन्य सामाग्री अस्पताललाई प्रदान गरिएको सामाजिक अभियान्ता छम्पालीले बताउनु भयो ।

युवा व्यवसायी सनमकुमार पौडेल, किरण केसी, पवन शर्मा रिजालको नेतृत्वमा रहेको टिमले सामाजिक कार्यको नेतृत्व गरेको र लमही अस्पताललाई सहयोग जुटाइएको हो ।

डण्डिराम चौधरी, राजु शाही, मंसाराम चौधरी, किरण केसी, प्रयास हार्डबियर, सनमकुमार पौडेल, मदन केसी, भिम ओली, धिरज रावल लगायतका युवाहरुबाट संकलन भएको सहयोग रकमले अस्पतालाई सामाग्री किनिएको हो । लमही अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डन डाक्टर सरोज दर्नाललाई सामाग्री हस्तान्तरण गरिएको छ ।

Advertise with us