भमकेमा दोस्रो वडा अध्यक्ष कप शुरु

जीतसागर जी.एम. ।
तुलसीपुर, ६ कार्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमकेमा दोस्रो वडा अध्यक्ष कप शुरु भएको छ । स्थानियस्तरबाटै खेल क्षेत्रको प्रर्वद्धन गर्न तथा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ वडा वडा नम्बर १ मा दोस्रो वडा अध्यक्ष कप शुरु गरिएको हो ।

वडा अध्यक्ष कपको राष्ट्रिय सभा सदस्य कोमल वलीले उद्घाटन गर्दै खेल क्षेत्रमा संभावना बढ्दै गएको अवस्थामा वडा अध्यक्ष कपले पनि महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । देश तथा विदेशमा खेल क्षेत्रको संभावना बढ्दै गएको भन्दै दक्ष खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।


वडा नम्बर १ का अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि वलीले स्थानिय स्तरमा खेलाडी उत्पादनमा स्थानिय सरकारले देखाएको चासो सकारात्मक भएको बताउनुभयो ।

कार्यक्रममा उद्घाटन पुर्व विभिन्न टोलविकास संस्था, विद्यालय तथा समुहले झाँक्रि समेत प्रदर्शन गरेका थिए । उत्कृष्ट झाँकी प्रदर्शन गर्ने रामनगर टोल प्रथम, मनकामना टोल द्धितिय र मावि भ्युडहर तृतिय र लालीगुराँस टोल विकास संस्था सान्तोना भएको मूल्यांकनकर्ता आवाशिय विद्यालय छोटेका नारायण भण्डारीले जानकारी दिनुभयो ।

आजदेखि शुरुभएको वडा अध्यक्ष कपमा पुरुष फुटबल प्रतियोगिता, महिला तथा पुरुष भलिभल प्रतियोगिता, डोरी तान्ने प्रतियोगितामा, कुर्सी दौड र घैँटाफोट प्रतियोगिता हुने खेलकुद संयोजक तिलकराम हमाल जैशीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक जैशिले बताउनुभयो ।।