अपराध न्यूनिकरण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम

तुलसीपुर, कार्तिक ५ । हाम्रो पहुँच बिद्यालय तुलसीपुर ७ झुमरेमा बाल बिबहा, बाल अधिकार, साईबर अपराध र लागु औषधको बारेमा छलफल भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आज छलफल कार्यक्रम भएको हो । हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने नारा सहित हाम्रो पहुँच बिद्यालयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम भएको छ ।

हाम्रो पहुँच बिद्यालयलयका प्रिन्सीपल डिआर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि हरिहरनाथ योगीले समाजमा हुने अपराधलाई न्युनिकरण गर्न नागरिक र प्रहरीको भुमिका बराबर रहेको बताउनु भएको छ । अहिले समाजमा हत्या, हिंसा, बलत्कार, बाल बिवहा, बहु बिबाह, लागु पदार्थका लागायतका अपराधहरु बढ्दै गएकाले हरेक घटनाहरुलाई प्रहरी समक्ष पु¥याउन नागरिकको महत्वपुर्ण भुमीका रहेको बताउनुभयो ।

कुनै पनि काम प्रहरीले एक्लै गर्न नसक्ने भन्दै सबै नागरिकको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । समाज शान्ती शुरक्षा कायम गर्नका लागि प्रहरी संग जनताको सहकार्य आबश्यक रहेको उहाको भनाई छ ।

यस्तै स्कुलका प्रिन्सीपल डिआर भण्डारीले समाजमा बाल बिबहा, बालश्रम, लागु औषध, साईबर अपराधहरु बढ्दै गएको भन्दै बिद्यालयमा बालबालिकालाई जनचेतना दिने उद्देश्यले शिक्षक शिक्षीकाहरुको लागि यस्तो कार्यक्रमकोे आयोजनो गरेको बताउनुभयो ।

कार्यक्रममा हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष देबराज भण्डारीले समाजमा लागु औषध बाल बिबाह फैलिएको भन्दै छोराछोरीलाई अभिभाबकले सचेत गराउनु पर्ने बताउनुभयो ।

स्कुलका कल्याणकारीणी अधिकृत तिलकराम कालाथोकीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण स्कुलका भाईस प्रिन्सीपल शिब पुनले गर्नु भएको थियो ।