राप्ती गाउँपालिकाको पत्थरगढवामा थारु साँस्कृतिक कार्यक्रम हुँदै

ओमप्रकाश गुप्ता

सिसहनियाँ ५ कार्तिक । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवामा कार्तिक ९ गते थारु साँस्कृतिक कार्यक्रम हुने भएको छ । नेपालीहरुको महान पर्ब दिपावली तथा छठ पर्वको अवसर पारेर स्थानिय थारु कला संस्कृतिको संरक्षणका लागि बगरापुर, सगरापुर, पत्थरगढवा, मझेरीया, भगवानपुर गाउँलाई समेटेर कार्यक्रम हुन लागेको वडा अध्यक्ष बेदप्रसाद चौधरीले जानकारी दिएका छन् ।

विहान ११ बजे देखी पत्थरगढवा शिव मन्दिर परिसरमा हुने साँस्कृतिक कार्यक्रम अवलोकनका लागि उपस्थीत भइदिन सम्पुर्ण वडाबासीमा वडा समितिले अनुरोध गरेको छ ।

कार्यक्रममा थारु संस्कृति झल्कने भेषभुष, कला संस्कृति, विभिन्न थारु नृत्य, खानपान तथा राप्ती नदी र सानो नदिकोे मनोरम दृश्य, सामुदायिक होमस्टे, थारु समुदायको बस्ती समेत अवलोकन गर्न सकिने वडा अध्यक्ष चौधरीले बताएका छन् ।