हलिउड चलचित्रमा टाइगर श्राफ

मुम्बई   ।   बलिउड अभिनेता टाइगर श्राफले आफूलाई अब दर्शकले हलिउड चलचित्रमा पनि देख्न पाउने बताएका छन् । उनले आफू ठूलो ब्यानरको हलिउड चलचित्रमा अनुबन्धित भएको खुलासा गरेका छन् ।

आफ्नो चलचित्र बागी र बागी–२ सफल भएपछि उनी यतिबेला बागी–३ को तयारीमा छन् । बागी–३ मा अनुबन्धित भएपछि उनलाई हलिउडको चलचित्रबाट प्रस्ताव आएको हो । बागी–३ र हलिउडको चलचित्रमध्ये जुनै पनि पहिला छायांकन हुने सक्ने उनको कथन छ । तर, पहिला बागी–३ को छायांकन सकेर हलिउड चलचित्र सुरु गर्ने उनको लक्ष्य छ ।

बलिउडले अन्तर्राष्ट्रिय बजार लिएपछि बलिउडका कलाकारलाई पनि हलिउडका चलचित्रमा लिन थालिएको छ । यसैक्रममा टाइगर श्राफ पनि हलिउड चलचित्रमा अनुबन्धित भएका हुन् ।