राप्ती गाउँपालिकामा खेलकुद कार्यक्रम हुने

ओमप्रकाश गुप्ता

भालुवाङ ५ कार्तिक । दाङ देउखुरीको राप्ती गाउँपालिका १ नम्बर वडामा खेलकुद कार्यक्रम हुने भएको छ । तिहार तथा छठ पर्वको अवसरमा राप्ती गाउँपालिका १ नम्बर वडा कार्यालयको आयोजनामा कार्तिक ६ गते देखि फुटवल, क्रिकेट र व्याटमिन्टन प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिएका छन् ।

खेलकुदको माध्यमबाट युवाहरुको शारीरिक, मानसिक,बौद्धिक तथा संवेगात्मक विकास र आपसी भाईचाराको सम्बन्ध कायम गराउन खेलकुद कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष डिसीले बताएका छन् । खेलकुद अन्र्तगत फुटवल खेल नेपाल राष्ट्रिय मावि भालुवाङको खेलमैदानमा, क्रिकेट खेल पाखापानी खेलमैदानमा र व्याटमिन्टन खेल पुल्चोक शिव मन्दिरको परिसरमा हुने बताइएको छ ।

उद्घाटन खेल भने विहान ८ बजे पाखापानी खेलमैदानमा हुने बताइएको । तीन वटै खेलमा प्रथम हुनेलाई क्रमश १२ हजार मेडल,ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेको छ भने दोस्रो हुनेलाई क्रमश ७ हजार ५ सय मेडल,ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको वडा अध्यक्ष डिसीले जानकारी दिएका छन् । साथै खेललाई भव्य बनाउन १ नम्बर वडाका सम्पुर्ण संघ संस्था तथा क्लवका खेलाडीहरुलाई भाग लिन आयोजकले अनुरोध समेत गरेको छ ।