स्वास्थ्य समूहको समायोजन ४ महिनापछि धकेलियो

दाङ, ५ कार्तिक | स्वास्थ्य समूहको समायोजन ४ महिना पछि धकेलिएको छ । सरकारले समायोजनका लागि आह्वान गरेदेखि नै विवादित बनेको स्वास्थ्य समूहका कर्मचारीको गुनासो सम्बोधन गर्न समय लाग्ने भएकाले समय लाग्ने भएको हो । गत फागुनमा टुङ्गिएको कर्मचारी समायोजन स्वास्थ्य समूहमा भने टुङ्गिन नसक्दा स्वास्थ्य क्षेत्र नै प्रभावित बनेको छ ।

सरकारले समायोजन सूची सार्वजनिक गर्दै रिक्त स्थानमा कर्मचारी पठाइसकेको र सेवा प्रभावित नभएको दावी गरिरहेको छ । तर, गुनासो सम्बोधन भए नभएको बुझ्न स्वास्थ्यकर्मीहरु नै दैनिक मन्त्रालय धाएकोले स्वास्थ्य सेवा प्रभावित भएको बताउँछन् ।

सरकार भने कर्मचारीको गुनासो सम्बोधन गर्न समय लाग्ने भन्दै समायोजनको सूची सार्वजनि गर्ने क्रम अझै जारी रहेको बताउँछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले स्वास्थ्यकर्मीले भनेकै अनुसार समायोजनमा पठाउने काम भइरहेको बताउनुभयो ।