‘तानाजी’मा अजय देवगनको खतरनाक लुक

बलिउडको पर्दामा पुनः एकपल्ट अभिनेता अजय देवगन र सैफअली खानको क्यामेस्ट्री देखापर्दैछ। यसअघि फिल्म ‘ओमकारा’मा सँगै देखापरि सकेका उनीहरु पुनः ‘तानाजीः द अनसंग वारियर’मार्फत एकसाथ देखिँदैछन्।

हालै यो फिल्मको नयाँ पोस्टर रिलिज भएको छ जहाँ अजय र सैफ दुवै खतरनाक लुकमा देखिएका छन्। अजयले आफ्नो इन्स्टाग्राममार्फत उक्त पोस्टर सेयर गरेका छन्।

अजयले रातो पगडी लगाएको पोस्टर सेयर गर्दै लेखेका छन्, ‘याद गर्नु…त्यो तरबारभन्दा धेरै धारिलो थियो…।’ओम राउतको निर्देशनमा तयार भएको यो फिल्ममा अजय देवगान सुभेदार तानाजी मालुसरेको भूमिकामा देखापर्दैछन्। यो फिल्ममा सैफ र काजोल पनि महत्वपुर्ण भूमिकामा छन्।