घोराही डुम्मरगाउँबाट ५ जना जुवाडे पक्राउ

दाङ,५ कार्तिक | दाङमा प्रहरीले दैनिकजसाे जुवाडे पक्राउ गरिरहेकाे छ । जुवा नखेल्न बारम्बार अनुराेध गरिरहँदा पनि लाखाैं नगदसहित जुवाडे पक्राउ परिरहेका छन् ।

दाङमा प्रहरीले पछिल्लाे पटक ५ जना जुवाडे फेरी पक्राउ गरेकाे छ । पक्राऊ पर्नेमा घोराही उपमहानगर पालिका १३ बस्ने वर्ष ४१ का ईश्वर बहादुर महरा , वर्ष ३६ को कमल बिक,२९ का नबिन जिएम , रोल्ला त्रिबेणी गाउँ पालिका १ बस्ने वर्ष ३१ का परभान पुन र वर्ष ३८ का भीमबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही उप महानगरपालिका १३ डुम्मरगाउँमा डेरा गरी बस्ने कमल बिकको कोठामा तास खेली रहेको अवस्थामा प्रहरीको टोलीले आज मंगलबार बिहान साढे ५ बजे उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले तास खेलि रहेको अवस्थामा ४ गड्डी तास र नगद ५२ हजार ८ सय २५ रुपैया समेत बरामद गरेकाे छ । उनीहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवा सम्वन्धि) कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडी बढाइएको प्रहरी नायव उपरीक्षक विनाेद विक्रम शाहले जानकारी दिए ।