दाङमा दुई वस आपसमा ठोक्किदा २२ यात्रु घाइते

दाङ, कार्तिक ४ । घोराहीमा भएको सवारी दुर्घटनामा परेर २२ जना घाइते भएका छन् । घोराही लमही सडक खण्ड अन्र्तगत घोराही उपमहानगरपालिका वडा नं. ३ वर्गदुवा चौकमा दुई वस एक आपसमा ठोक्किदा २२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दांग बताएको छ ।

घोराहीबाट नेपालगंज जाँदै गरेको ना ५ ख ३९५३ नम्बरको बस र लमहीबाट घोराही आउँदै गरेको लु १ ख ९६७९ नम्बरको बस आपसमा ठोक्किएका थिए । दुर्घटनामा दुबै बसका २२ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोद विक्रम शाहीले बताउनुभयो । उनीहरुको राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले बताएको छ ।