काममा फर्किए कर्मचारी

Advertise with us

दाङ, पुस  । कर्मचारी समायोजनका बिषयमा असन्तुष्टि जनाउँदै आएका कर्मचारीहरु काममा फर्किएका छन् । सरकारले स्थानीय कर्मचारीमाथि विभेद गरेको भन्दै गत पुस १ गतेबाट नै स्थानीय तहका कर्मचारी आन्दोलित भएका थिए । हातमा कालोपट्टी बाँधेर आन्दोलनमा लागेका कर्मचारीले बुधवार एघारौ दिनबाट काममा आएका हुन् ।

Buddha International Hospital

Advertise with us

आन्दोलनलाई केन्द्रिकृत गर्ने भन्दै अहिले स्थानीय तहमा कामकाज ठप्प गरेर आन्दोलनमा उत्रिएका कर्मचारीहरु बुधबार देखि काममा फर्केको नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका केन्द्रीय सदस्य झरेन्द्र खरेलले बताउनुभयो ।

लामो समय कामकाज ठप्प पार्दा सेवाग्राही मर्कामा परेको भन्दै स्थानीय तहमा सेवा प्रवाहलाई सरल बनाउने तर केन्द्रमा आन्दोलनलाई थप मजवुत बनाउने उहाको भनाई छ । कर्मचारीले काम ठप्प पार्दा सेवाग्राही भने मर्कामा परेका थिए । उहाले आफुहरुका मागका बिषयमा सरकार गम्भीर नबनेको गुनासो गर्नुभयो ।

गत मंसिर २३ गते जारी भएको कर्मचारी समायोजन अध्यादेश, २०७५ मार्फत पेशागत स्थायित्व र कर्मचारी समायोजनका लागि सबै कामप्रति समान व्यवहार नभएको भन्दै बाध्य भएर आन्दोलनमा होमिएको स्थानीय तह कर्मचारीहरुले बताएका छन ।

स्थानीय तहमा कार्यरत कर्मचारीलाई सर्वोच्च अदालतले २०७४ पुस २१ गते गरेको फैसला अनुरुप व्यवस्था हुनुपर्ने, साविक स्थानीय निकायका श्रेणीविहीन कर्मचारीको स्तरवृद्धिको साथै सबै तहको बढुवा र वृत्ति विकास तत्काल लागू गर्नुपर्ने माग उनीहरुको रहेको छ ।

कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा ७ (४) बमोजिम स्थानीय सेवामा समायोजन हुने सबै कर्मचारीलाई समान व्यवहार गर्ने गरिनुपर्ने माग पनि उनीहरुको रहेको छ ।