हाँस्य कलाकार बान्द्रे द्धारा जेष्ठ नागरीकलाई सहयोग

पौष घोराही | मेरी बास्सैका चर्चित हाँस्य कलाकार सुरज चाँपागाँई उर्फ बान्द्रे द्धारा घोराहि तेरौटे स्थित जेष्ठ नागरीक सरोकार केन्द्रमा रहेका १५ जना बृद्ध तथा बृद्धालाई हर्लिक्स तथा जाडोमा लगाउने जुत्ता बितरण गरीएको छ । मेरो स्कुल नामक नेपाली कथानक चलचित्रका निर्देशक तथा निर्माता समेत रहेका बान्द्रेले आज एक कार्यक्रमका बिच उक्त सामग्रि बितरण गरेका हुन ।

Buddha International Hospital

Advertise with us

उक्त नेपाली कथानक चलचित्र मेरो स्कुलको प्रचार तथा प्रदर्शन गर्न दाङ आईपुगेका बान्द्रेले आफ्नो स्वर्गिय पिता रुप नाराएण चाँपागाँईको स्मृति दिवसमा बृद्ध तथा बृद्धालाई हर्लिक्स तथा जाडोमा लगाउने जुत्ता बितरण गरेको उँहाले बताए । नेपाली रजतपतका निर्माता समेत रहेका चाँपागाँईले पितृ उद्धार तथा आत्मा तृप्तिका लागि र आफ्ना पितृ सम्झना, माया र स्नेहको लागि बृद्धाआश्रममा रहेका जेष्ठ नागरीकलाई हर्लिक्स तथा जुत्ता बितरण गरी आफ्नो पितृको आत्मालाई शान्त पार्ने प्रयास गरेको पनि उँनले जानकारी दिए ।

जेष्ठ नागरीक सरोकार केन्द्र दाङका सचिवको सभाअध्यक्षमा र युवा ब्यबसायि प्रबिण भन्डारीको प्रमुख आतिथ्यतामा तथा पत्रकारहरुको उपस्थितिमा उक्त सामग्रि बितरण कार्यक्रम भएको हो । साथै उनले आफुले निर्देशन गरेको नेपाली कथानक चलचित्र मेरो स्कुल पहिला नेपाली बिर बहादुर हुन्थे भने अहिले समाज परीवर्तन गरी नेपाली बिज्ञान बहादुर बनाउने उद्धेश्य तथा सन्देश मुलक चलचित्रलाई माया गरीदिन पनि सबैमा आग्रह गरका छन ।

करीव एक महिना अगाडि दाङ आएका बान्द्रेले तुलसिपुर ,नाराएणपुर र घोराहीमा सम्पुर्ण स्कुलका बिद्यार्थिलाई उपस्थित गाराई आफ्नो चलचित्र मेरो स्कुल प्रदर्शन गरीसकेका छन भने लमहिमा प्रदर्शन गर्ने तयारी रहेको पनि उनले बताए ।

Advertise with us