माओको जन्मदिनमा उनको योगदानबारे चर्चा

 

घोराही,  पुस । उन्नाइसौ सताब्दीमा जन्मिएर माक्र्सवादको प्रतिपादन गर्ने स्वगिए नेता माओत्सेतुङको १२६ औ जन्मजयन्तीमा उनको योगदानको चर्चा गरिएको छ ।

Buddha International Hospital


Advertise with us
बाम सहकार्यका लागि साझा मञ्च दाङले आयोजना गरेको उक्त अन्र्तक्रिया कार्यक्रममा वाम नेता शशीधर भण्डारीले माक्र्सवादको विकासमा माओत्सेतुङको योगदान विषयमा कार्यपत्र पस्तुत गरेका थिए ।


उनले प्रस्तुत गरेको कार्यपत्रमा माओलाई महान चिन्तक, श्रमिकको पक्षधर, उदारणिकरण र विश्वव्यापीकरणका प्रणेता, सर्वहारा क्रान्तीको व्यवहारीक र वैचारिक पक्षधर रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले माओले अपनाएको बाटोको कारण चिन विश्वमा अगाडीरहेको बताएका थिए । तर नेपाल जस्तो देशका नेता कार्यकर्ताले माओको गुनगान गाए पनि उनले देखाएको बाटोलाई व्यवहारीक रुपमा कार्यान्वयन गर्न नसकेको बताएका थिए । साथै उनीहरुले नेपालका कम्युनिष्ठहरुले सामन्तवादसँग लडने बाहेक नयाँ गर्न नसकेको बताएका थिए । वक्ताहरुले भारतिय विस्तारवादको कारण पनि माओको समाजबाट नेपालमा लागु हुन नसकेको बताएका थ्एि ।

कार्यक्रममा बोल्दै कम्युनिष्ठ अनुयायी एवम प्रगतिशिल लखक संघका निर्वतमान केन्द्रिय अध्यक्ष डा.अमर गिरीले माओलाई रफ्तारमा समाजवाद निर्माण गर्ने निर्माणकर्ता भएको बताएका थिए यस्तै कार्यक्रममा नेकपाका नेता टिकाराम खडका, निर्मल आचार्य, नारायणी शर्मा, राष्ट्रिय जनमोर्चाका गणेश आचार्य, जिल्ला प्रवक्त भरत भण्डारी, साहित्यकार हिरामणी दुखि, नेकपा मसालका सन्तबहादुर नेपाली, साहित्यकार नारायणप्रसाद शर्मा लागयतले आआफनो धारणा राखेका थिए । सन १८१८मा जर्मनमा जन्मिएर १८८३मा माओत्सेतुङको मृत्यु भएको थियो ।

Advertise with us