वाल विवाह विरुद्ध छलफल

 

Buddha International Hospital

दिप्तीशिखा चौधरी,

Advertise with us

 

दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बालबालीकाको क्षमता अभिबृद्धीका लागि गाउँपालीकाले विभिन्न चेतना मुलक कार्यक्रम गर्ने बताएका छन । पछिल्लो समयमा वालविवाहबाट बालिकाहरु बढि प्रभावित भएको भन्दै गाउँपालिकाले विद्यालयमा केन्द्रीत गरेर वालविवाह न्यूनीकरण सम्बन्धि गोष्ठीको आयोजना गरेको बताए ।
साथै उनले वाल विवाह न्यूनीकरण गर्न सवै आ—आफनो क्षेत्रबाट लाग्नुपर्ने बताए । दङ्गीशरण गाँउ पालिका वडा न. ६ स्थित सिद्ध पृथ्वी जनता मा.वी.श्रीगाउँमा भएको बाल बिबाह अभिमुखीकरण गोष्ठी समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् । अहिले गाउँ पालीकाले गरेको सर्वेक्षणमा १०० जनामा ६४ प्रतिशत दवावमा परेर बालबिबाह गरेको, १४ प्रतिशत प्रेम बिबाह र बाकी गरिवी, अशिक्षा का कारण बालबिबाह गरेको जानकारी दिए ।
अवका दिनमा आफै सजक हुन बालबालीकालाई आग्रह गरे । बालबिबाह न्युनीकरण सम्बन्धि अभियान बालबालीकाको हितको लागि भएको भन्दै कार्यक्रम पछि गाँउ पालीले गरेको कामको परीणाम उपलब्धिमूलक हुने बिश्वास ब्यक्त गरे ।

सो अबसरमा गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काले गाउँ पालीकामा बालबिबाहका घटना धेरै मात्रामा दर्ता हुने गरेको भन्दै गाँउ पालीकाले बालबालीका सम्बन्धि कार्यक्रम संचालन गरेको बताईन् । किशोराबस्थामा शारीरीक मानशिक रुपमा परीपक्वता नभएको भन्दै बेलैमा सजक हुन बालबालिकालाई आग्रह गरिन् । अब विद्यालयबाटै वाल क्लव गठन गरेर प्रतीनिधीत्वमूलक भूमिका खेलेर अव वाल विवाह न्युनीकरण गर्न तर्फ लाग्नुपन बताईन् ।

गोष्ठीमा महिला तथा बालबालीका शाखाकी प्रमूख चन्द्रा वलीले बिबाहको परिभाषा,बाल बिबाहको भनेको के हो ?,दण्डनीय बिबाह अथवा कस्तो बिबाह गर्नु हुदैन,बाल बिबाहले शिक्षा ,स्वास्थ्य,मानशिक,सामाजीक रुपमा पर्ने असर, बाल बिबाह भएमा बालबालीकाको बाल अधिकारमा हुने हनन्, बालबालीकामा लागु हुने कानुनी ब्यबस्थाहरु, बालबिबाह न्यूनीकरणमा स्थानीय तहको भूमिका,बालबिबाह न्यूनीकरणमा परिवारको भूमिका, बालबालीकाहरुका मनोबिकाशका लागि बिद्यालय र शिक्षकको भूमिका, बालक्लवले खेल्नु पर्ने भूमिका लगाएतका बिषयमा जानकारी गराएकी थिईन् । गोष्ठीमा बिधार्थीहरुले कक्षा १० का ३ जना र कक्षा ९ बाट ४ जना बिधार्थीले बाल बिबाह गरेको जानकारी गराएका थिए । सो अबसरमा बाल बिबाह न्यूनीकरण गर्न के गर्नु पर्ला भन्ने बिषयमा गृहकार्य गरेका थिए ।

गोष्ठीमा ९ र १० का बिधार्थीहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो । दङ्गीशरण गाउँ पालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्ष्ता एंव जनता सिद्ध पृथ्वी मा .वी.बिधालयका शिक्षक बाबुराम अधिकारीको प्रमूख आतीथ्यमा तथा उपाध्यक्ष पिमा कुमारी खड्काको बिशीष्ट आतिथ्यमा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा वडा न.६ का अध्यक्ष टंक बहादुर वली,वडा न. ७ का अध्यक्ष विर बहादुर वली ,बिधालयका शिक्षक शिक्षीकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको शहजीकरण गाउँ पालिकाका कार्यक्रम सयोंजक किरण पोख्रेलले गर्नु भएको थियो । बाल बिबाह न्यूनीकरण गर्ने अभियान अन्र्तगत गाउँ पालिकाको महिला तथा बालबालीका शाखाले ९ र १० का बिधार्थीहरुलाई बाल बिबाह अभिमुखीकरण गोष्ठी गाउँ पालिकाका सामुदायीक बिधालयहरुमा संचालन गर्दै आएको छ ।।