पशुबिमा बारे छलफल

पार्वती बस्नेत

Blog Post Ad

दाङ, पुस ११ । बिमा कार्यक्रमका लागि सहकारी र कम्पनी बिच छलफल समिक्षा तथा कार्य योजना गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

Blog Post Ad

हेफर ईन्टरनेश्नल नेपालको सहयोग तथा ग्रामिण महिला उत्थान केन्द्र दाङ्गको आयोजनामा पशु बस्तुको मुल्य श्रृखंलमा आधारित साना किसानहरुको संस्था सबलिकरण परियोजना अन्र्तगत दाङ, सल्यान र प्युठान जिल्लामा रहेका ११ वटा सहकारीका प्रतिनिधिहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एन.एल.जि.बिमा कम्पनीका प्रमुख रबि गौतमले सहकारीले संञ्चालन गरेको पशुबिमा कार्यक्रमको निति नियमका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा गौतमले पशुबिमा गर्दा किसानले जम्मा प्रिमियम बिमा शुल्कको ७५ प्रतिशत रकम सरकारले र २५ प्रतिशत रकम किसानले ब्यहोर्नुपर्ने अर्थात चार भागको ३ भाग सरकारबाट बिमा कम्पनि आफैले दाबि गर्ने र १ भाग किसानले ब्यहर्नुपर्ने बताउनुभयो ।

साथै पशुको बिमा गर्दा पशुधनिको पनि १ सय रुपैँया अतिरिक्त शुल्क बापत नै २ लाख रुपैयाको दुर्घटना बिमा पनि गरिने बिमा प्रमुख गौतमले बताउनुभयो । किसानहरुको पशुधन सुरक्षित तथा पशु व्यावसायलाई निरन्तरता दिनका लागी पनि पशुबिमा अत्यन्त महत्वपुर्ण रहेको बिमा कम्पनीका प्रमुख गौतमले बताउनुभयो ।

बार्षिक रुपमा पशुबिमा नबिकरण गर्नुपर्ने बताउनुभएका गौतमले क्षतिपुर्ति बापतको रकम ३५ देखी ४५ दिनसम्म प्राप्त गर्न सकिने बताउनुभयो । साथै पशुबिमा गर्दा र क्षतिपुर्ति रकम प्राप्त गर्दापनि स्थानिय निति, नियम अन्र्तगत रहेर काम गर्नुपर्ने गौतमले बताउनुभयो ।

उक्त कार्यक्रममा हेफर ईन्टरनेश्नल नेपालका कार्यक्रम अधिकृत जगत चौधरी, डाक्टर बिबेक घिमिरे, कार्यक्रम संयोजक भिमकान्त चौधरी, सहकारी क्षमता अभिबृद्धि सहजकर्ता बेदराज पाण्डे, बसन्ता बुढा मगर लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *