तुलसिपुरका अग्निपिडित घिमिरेलाई ९ लाख सहयोग

Advertise with us


तुलसिपुर ११ पौष | बिधुत सर्ट भएर आगलागि भएको अन्नपूर्ण सप्लायर्सका पिडित लाई विभिन्न सङघ सस्थाहरुले नगद रकम सहयोग गरेका छन । मसिर २८ गते बिहान बिधुत सर्ट भई मिटरबक्स बाट आगो सल्किदा ब्यबसायि भिम घिमिरेको घर ,पसल तथा गोदाम जलेर पुर्णरुपमा क्षति भएको थियो ।

Buddha International Hospital
Advertise with us

आज राप्ती अञ्चल सार्वजनिक यातायात ब्यबसायि समितिले एक सिक्षप्त कार्यक्रमका बिच अग्नि पिडित घिमिरेलाई नगद २५ हजार ५५५ रुपैया सहयोग गरेको छ । समितिका अध्यक्ष सुरेश हमाल ,कार्यसमितिका पदाधिकारी र कार्यालय प्रमुख सिताराम शर्माले पिडित ब्यबसायि घिमिरेको घरमै पुगेर नगद रकम हस्तान्तरण गर्नुभयको थियो । आगलागिबाट करिव पाच करोड बढिको क्षति भएको थियो ।

विभिन्न सङघ सस्था तथा स्थानीय तहहरुको सहयोगमा आज सम्ममा झन्डै ९ लाख बढि रकम सङकलन भएको ब्यबसायि घिमिरेले जानकारी दिनुभएको छ ।तुलसिपुर उधोग बाणिज्य सङघको अगुवाइमा विभिन्न उपसमिति तथा ब्यबसायिहरुले स्वतः स्फुर्तरुपमा घिमिरेलाई सहयोग गर्ने क्रम अझैसम्म जारिरहेको सङघका अध्यक्ष बिरबहादुर रावतले जानकारी दिनुभएको छ ।हामिले सुरुमा तत्काल ५१ हजार सहयोग गरेका थियौं ।

सङघको यहि पौष २१ गते हुनलागेको २५ औ साधारणसभामा केन्द्रीय अध्यक्ष लगायतको उपस्थितिमा केहि रकम थप हुने छ अध्यक्ष रावतले भन्नुभयो “।हामिले ईन्सोरेन्स कम्पनी र नेपाल उधोग बाणिज्य महासङघलाई सहयोग र समन्वयात्मक भुमिका खेल्न आग्रह गरुका छौ बाणिज्य सङघका निवर्तमान अध्यक्ष बिमल रिजालले भन्नुभयो । उहाँका अनुसार करिव करिव एक लाख बढि रकम पिडित ब्यबसायिहरुलाई साधारण सभाका अबसरमा हस्तान्तरण हुने छ ।

रिजालका अनुसार बर्तमान कार्यसमिति ,पदाधिकारी र सल्लाहकार,पुर्व अध्यक्षहरुले ब्यक्तिगत रुपमा सङकलन गरेको रकम केन्द्रीय अध्यक्ष भवानि राणाको उपस्थितिमा हस्तान्तरण गरिने छ । त्यसैगरि अन्य पिडित ब्यबसायिहरुलाई समेत सक्दो सहयोग गर्ने तयारी तुलसिपुर उधोग बाणिज्य सङघले गरेको छ ।