प्रहरी विद्यालय सम्पर्क समिती गठन 

Advertise with us

तुलसीपुर,११ पुस । तुलसीपुर ११ मा रहेको अमर माध्यमिक विद्यालय उरहरीमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरी विद्यालय सम्पर्क समिती गठन गरिएको छ । नौ सदस्यीय समितिको संयोजकमा विद्यालयका संयोजक पदम प्रसाद न्यौपाने रहेका छन ।

Buddha International Hospital

Advertise with us

त्यसैगरी सदस्यहरुमा वि.ब्य.स.अध्यक्ष टेक बहादुर केसी,शिक्षक अनन्त बहादुर बस्नेत ,विद्यार्थि सबिन चन्द,निश्चल बस्नेत ,रचना कुसारी,दिया पुन र अभिभवाक बाट कमला नेपाली रहेका छन । त्यसैगरी सदस्य सचिबमा जस्पुर प्रहरी चौकिका हेमराज जैसि रहेका छन ।

विद्यालयमा भएको उक्त कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केसी,शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर डागी,सहायक प्रधानाध्यापक पदम बहादुर वली,जस्पुर प्रहरी चौकिका ईन्चार्ज प्रहरी सहायक निरीक्षक नँयाराम कार्कि लगायतको उपस्थिति रहेको थियो ।