गरिमा विकास वैकको शाखा दाङमा

फोटो फिचर सहित

फोटोः रीता लामा

नेपाल राष्ट बैककाबाट ‘ख’ वर्गको इजाजत पाप्त राष्टिय स्तरको कार्यक्षेत्र भएको गरिमा विकास वैक दाङमा पनि आफनो सेवा विस्तार गरेको छ । बैकले बुधवार एक कार्यक्रमको आयोजना गरि घोराही शाखाको उत्घाटन गरेको छ । बैंकको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रिवन काटेर उत्घाटन गरेका थिए ।

Buddha International Hospital


Advertise with us
उत्घाटन कार्यक्रममा बोल्दै प्रमुख चौधरीले उद्योग धन्दा स्थापना गर्न चाहाने व्यवसायी, कृषक एवम आम जनताहरुको समस्याको समाधान गर्न वैक सधै तत्पर रहनुपर्ने बताए । उनले वैकले आफ्नो उद्देश्यमा सफल रहोस भन्ने शुभकामना दिदै जनताको आर्थिक बृद्धिदरमा पनि टेवा पु¥याउन आग्रह गरे ।

बैंकका संचालक डा.भुपेन्द्र खड्काको अध्यक्षताम सम्पन्न कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, वडा नम्वर १५का अध्यक्ष रमेश पाण्डे, वैंकका कुञ्जनराज थापा लगायतले आआफ्नो धारणा राखेका थिए ।

बैकका महापवन्धक माधव प्रसाद उपाध्ययको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वैंकका घोराही शाखा प्रमुख प्रकाश देवकोटाले गरेका थिए ।