आज विश्व खाद्य दिवस

दाङ, २९ असोज | विश्व खाधान्न दिवस, आज एउटा महत्वपूर्ण दिन । हरेक वर्षको अक्टोवर १६ को दिन विश्वभरी खाद्यान्न संकट र भोकमरीको विरुद्ध एक्यवद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाइन्छ । विश्व खाद्यान्न तथा कृषी संगठन एफएओका अनुसार जलवायू परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न संकट हो ।

स्थानीय विशेषता रहेका अन्नबाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशिल माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने विउविजन लोप हुँदै जानुपनि अहिले खाद्यान्न व्यवस्थापनको मूख्य चुनौति हो ।

प्रविधी, सञ्चार र भौतिक पूर्वाधारमा रमाइरहेको विश्वलाई खाद्यान्न उत्पादन तर्फ लगानी र उत्साह घटेकाले हुने भावी समस्या प्रति जागृत गराउन पनि विश्व खाद्य दिवस महत्वपूर्ण छ । एउटा तथ्याकं अनुसार सन् २०२५ सम्म विश्वमा खाद्यान्न अभाव भएर विकसीत देशका ठूला ठूला निगमहरु विकासोन्मुख देशका खाली जमिनमा कृषी गर्न लगानी गर्ने हुने अनुमान गरिएको छ ।

नागरिकले आफ्नो बाँझो जमिनलाई उपयोग गरी खाद्यन्न उत्पादन गर्ने हो भने खाद्य संकट हुनबाट जोगीन सकिनेछ ।