दुर्घटनामा एक जना घाईते

दाङ, पुस १० । रोकिएको ट्याक्टरमा स्कुटर ठोक्किदा एक जना घाईते भएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर धैरेनी निबासी १७ बर्षीय भुवन डाँगी घाईते भएका हुन् ।

Buddha International Hospital

Advertise with us

नारायणपुरको झारबैरा चौक नजिकै आफ्नो साईडमा रोकि राखेको २२१४ नं.को ट्याक्टरमा रा ४ प ५५९९ नं. को स्कुटर ठोक्किएको हो । दुर्घटनामा घाईते स्कुटरमा सवार डाँगीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।