नयाँ वर्षमा सांगीतिक कार्यक्रम, मेलिना मानन्धरले गरिन टिकट रिलिज

Advertise with us

घोराही, पुस १० । घोराहीमा नयाँ वर्षलाई स्वागत गर्न प्यासन नेपालले भव्य आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रिय कलाकार आउनुका साथै स्थानिय कलाकारहरुको प्रस्तुति रहने प्यासन नेपालका अध्यक्ष भिजन घिमिरेले बताउनुभयो ।

Buddha International Hospital

Advertise with us

साथै नयाँ वर्षको पुर्व सन्ध्याकालिनमा पुस १६ गते अर्थात विदेशी नयाँ वर्षको साँझमा गरिने विविध सांगीतिक कार्यक्रमको बारेमा जानकारी दिनुभयो । दर्शकहरुलाई भरपूर मनोरञ्जनका लागि घोराही १५ भीमसेन टोल स्थितमा रहेको म्यान्गो गार्डनमा उक्त कार्यक्रमको आयोजना गरीएको छ ।

सांगीतिक कार्यक्रममा राष्ट्रिय कलाकार चर्चित गायीका अन्जु पन्त, रुपक डोटेलसंगै स्थानीयहरु ब्याण्डहरूको विशेष प्रस्तुति रहनुका साथै डिजेको प्रस्तुति रहने छ भने नयाँ वर्षको आगमनलाई सांगीतिक माहोलसंगै हर्षोल्लासमय बनाउनका लागी विभिन्न टिकटहरुको आयोजना गरीएको अध्यक्ष भिजन घिमिरेले बताउनु भयो ।

साथै टिकटहरु तीन भागमा बाँडिएको र भीआइपी पहिलो टिकटको मुल्य १५ हजार ५ सय रहेको छ भने भीआइपी दोश्रो टिकटको मुल्य रु १० हजार ५ सय रहेको छ । टिकट खरीदमा ४ ओटा टिकट, दुई ओटा कोठा र विभिन्न परिकारहरुको पनि व्यवस्था रहेको घिमिरेले जानकारी दिनुभयो ।

विदेशी नंया वर्षको शुभकामना आदान प्रदानका लागी उक्त सांगीतिक कार्यक्रमको आयोजना गरीएको प्यासन नेपालका अध्यक्ष भिजन घिमिरेले बताउनुभयो । साथै पुर्ण सुरक्षाका लागी सल्यूट गोर्खाका प्रकाश घिमिरे लगायत सुरक्षाकर्मीहरु पनि रहेको जानकारी दिनुभएको छ ।

त्यसैगरी प्यासन नेपालको मिडिया पार्टनरमा गणतन्त्र राष्ट्रिय दैनिक, दाङ खबर र जागरण अनलाईन रहेका छन् । यसैविच चर्चित नायीका मेलिना मानन्धरले कार्यक्रमको टिकट रिलिज गर्नुभएको छ । दाङ आएको सन्दर्भमा नायीका मानन्धर र सफल उद्घोषिक मिरा कक्षपतिले टिकट रिलि जगर्नुभएको हो ।