कारोवारीको ‘हव’ बन्दै दाङ

Advertise with us


रीता लामा
घोराही, १० पुस । दाङ समथर भुभाग भएको ठाउँ मात्र होइन । छिमेकी जिल्लाहरुको संंगमथलो पनि हो । रुकुम, रोल्पा, प्युठान, सल्यान लगायतका जिल्लाहरुबाट केन्द्र राजधानी वा भारतसम्म पुग्न अथवा फर्कनको लागि दाङ कै बाटो प्रयोग गर्नुपर्ने हुन्छ ।

Advertise with us

Buddha International Hospital

त्यती मात्र होइन पछिल्लो समय सडक संजाल जोडिए पछि सुर्खेत, दैलेख, जाजरकोटबाट आउने जानेहरु पनि दाङको बाटो प्रयोग गर्न थालेका छन ।  लुगालत्ता, घरायसी सामाग्री, उद्योगबाट उत्पादित वस्तुको विक्रि वितरणको लागि पनि दाङ कै बाटो रोज्नुपर्ने हुन्छ । त्यती मात्र होइन लामो समय देखि अबैध कारोवारको लागि पनि कारोवारीले दाङलाई नै रोजको पाइन्छ । पहिले देखि नै छिमेकी जिल्लाका कारोवारीहरु अवैध कारोवार गर्दै गरेको अवस्थामा दाङका विभिन्न स्थानमा पक्राउ पर्ने गर्दथे । अहिले पनि यो क्रम रोकिएको छैन । विशेष गरि छिमिकी जिल्लाका मानिसहरु कारोवारको लागि दाङको बजार वा दाङको बाटोलाई रोज्ने गरेका छन ।


गत जेठ २१ गते साझको समयमा घोराही तुलसीपुर चोक तीन जना व्यक्ति लागु औषध (अफिम) कारोवार गर्दै गरेको अवस्थामा पक्राउ परे । पक्राउ पर्नेमा एक जना रोल्पा घर भएर दाङ बस्दै आएका र दुइजना रुकुमका थिए । शंकाको आधारमा उनीहरुको शरिरको तलासी गर्दा उनीहरुले बोकेको झोलामा करिव ५ केजी २ सय ग्राम लागु औषध अफिम सहित पक्राउ गरेको थियो । यो त एउटा सामान्य उदाहरण मात्रै हो ।

दाङमा कारोवार गर्दै गरेको वा ओसारपसार गर्दै गरेको अवस्थामा पक्राउ पर्नेहरु अधिकासं छिमेकी जिल्लाका हुन्छ । दाङको बजार ठुलो हुनु र अन्य ठाउँसम्म पुग्नको लागि दाङ संगम स्थल पर्नुले पनि कारोवारीहरु दाङमा बढी सक्रिय रहेको प्रहरीको अनुसन्धाबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन गौतमका गाँजा, भांङ, अफिम, चरेस जस्ता अवैध पदार्थहरु पहाडी जिल्लामा उत्पादन हुने र विक्रिको लागि दाङको बजारमा आउने वा दाङको बाटो भएर अनेत्र लैजानै परिपाटी अत्यधिक रहेको छ । उहाँका अनुसार जिल्लामा जति पनि लागु औषध कारोवारीहरु पक्राउ पर्छन ती सबै छिमिकी जिल्लाका छन । र जिल्लामा लागु औषध कारोवारलाई व्यापक बनाउने प्रयासमा छन ।

दाङका सबै स्थानमा यातायातको सुविधा हुनु र अन्य जिल्ला वा राजधानी छिमेकी देश भारतसम्म पुग्नको लागि पनि दाङ कै बाटो भएर जानु पर्ने हुनाले कारोवाहीहरु दाङमा बढी सलबलाई रहेको प्रहरी अनुसन्धानबाट खुलेको उहाँ बताउनुहुन्छ । दाङलाई हव बनाउदै कारोवारीहरुले ठुलो मात्रामा लागु औषध ओसार पसार गर्ने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका तथ्याङक अनुसार गत चार बर्र्ष अगाडी ०७१।७२ मा तीन किलो ३०० ग्राम अफिम सहित २ जना पुरुषलाई पक्राउ गरेको थियो । भने अहिले २०७४÷७५मा किलो २०० ग्राम सहित ३ जनालाई पक्राउ गर्यो । अन्य लागु औषधको तुलनामा अफिम सहितपक्राउ पर्नेहरु निकै कम छन ।

जिल्लाप्रहरी कार्यालयका अनुसार अघिल्लो आर्थिक बर्ष ०७१।७२मा ३६ जना पक्राउ परेका छन । जसमा महिला ६ जना र अरु पुरुष छन । लागु औषध ब्राउसुगर, चरेश, अफिम र गाजाँ सहित पक्राउ पर्नेहरुमा ०७२।७३मा पनि ३१ जना छन । जसमा महिला २ जना छन भने अन्य पुरुष छन । त्यस्तै ०७३।७४मा २५ जना पुरुष ३ जना महिला छन ।

मुद्धा फाटका प्रमुख प्रहरी निरिक्षक गौतमले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७४।७५मा भने ३७ जना पुरुष र ६ जना महिला लागु औषध कारोवारीमा पक्राउ परेका छन । यस्तै चालु आर्थिक बर्ष साउन देखि यता लागु औषध कारोवारमा १५ पुरुष र ५ महिला छन ।