इट्टाभट्टाबाट दुई बालबालिकाको उद्धार

रोल्पा, पुस । रोल्पाबाट बालश्रमका लागि इट्टा भट्टामा गएका बालबालिकाहरुलाई उद्धार गरिएको छ । वडा बाल संरक्षण समिति तथा विद्यालयको पहलबाट खनाल इट्टा भट्टा चितवनमा बालश्रममा लगिएका त्रिवेणी गाउँपालिका वडा नं. २ का दुई जना बालबालिकाको उद्धार गरी स्थानिय जनप्रतिनिधि, प्रहरी र संघ संस्थाको रोहवरमा अभिभावकको जिम्मा दिइएको छ ।

Buddha International Hospital

Advertise with us

नाईकेको प्रलोभन र अभिभावकले ध्यान नदिदा इट्टा भट्टामा गएका रोल्पा त्रिवेणी २ दहवनका १५ बर्षिया बालिका जैमती बि.क र १४ बर्षिया दिपक डाँगीलाई विद्यायल व्यवस्थापन समितिका अध्यक्ष रुद्रमणी घर्तीको पहलमा प्रहरी चौकी नुवागाउँको सहयोग लिई ती बालबालिकाको उद्धार गरिएको हो ।

विद्यायल पढिरहेका बालबालिका करिब एक महिना देखि विद्यालयमा अनियमित भई इट्टा भट्टामा गएको जानकारी पाएपछि अध्यक्ष घर्तिले फर्काउन खोजेको र नाईकेको अटेरीका कारण प्रहरी चौकीको सहयोग लिई नाईके सहित ति बालबालिका लाई उद्धार गरिएको हो ।

त्रिवेणी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कविराज बुढाले त्रिवेणी गाउँपालिकामा तिन बर्षमा बालश्रम मुक्त गाउँपालिका बनाउने योजना भएकाले कुनैपनि बालबालिकालाई श्रममा लैजान नहुने र श्रममा लगिएमा कानुन बमोजिम कार्वाही गरिने जानकारी गराएउदै श्रममा लैजान पटक पटक नाईका लाई जानकारी गराउदा पनि अप्रत्यक्ष रुपमा नाईकेको भुमिका रहेको ले जरिवाना स्वरुप रु पाचँ हजार जरिवाना गरि अभिभावकको जिम्मा लगाइएको हो साथै उक्त बालबालिका र परिवारलाई आवश्यक सहयोग परेमा वडा कार्यालयलाई सहयोग गर्ने बताउनुभयो ।

बालबाबालिकाको पठनपाठन, परिवारको आयआर्जनमा कठिनाई भएकामा हुरेक र सेभ द चिल्डे«नले परियोजना सञ्चालन गरिरहेकोले उक्त बालबालिकालाई पठनपाठन र आयआर्जनमा सहयोग गर्ने हुरेक रोल्पाका बाल संरक्षण अधिकृत सुवास चन्दले बताउनु भयो ।

त्रिवेणी गाउँपालिकाले तीन वर्षे बाल श्रम न्यूनीकरणसम्बन्धी रणनीति बनाएर अभियान संचालन गर्दै आएको छ । यसअघि पनि बालश्रमका लागि जिल्ला बाहिर लैजादै गरेका ४ जना बालबालिकाहरुलाई गाउँपालिका, प्रहरी कार्यालय र हुरेक रोल्पाको पहलमा फिर्ता गरिएको थियो ।