बालबिबाह न्यूनिकरण गर्न गोष्ठी

Advertise with us

दिप्तीशिखा चौधरी

Buddha International Hospital

दङ्गीशरण, पुस । बाल बिबाह न्यूनिकरण गर्ने अभियान अन्र्तगत कक्षा ९ र १० का विद्यार्थीहरुलाई बालबिबाह अभिमुखीकरण गोष्ठी सोमबार भानु माबि श्रीगाँउमा सम्पन्न भएको छ ।

Advertise with us

“शिक्षीत छोरीको शिक्षीत बिचार” भन्ने मूल नाराका साथ दङ्गिशरण गाँउपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा कार्यक्रम भएको हो । दङ्गिशरण गाँउपालिकामा उपाध्यक्ष पिमाकुमारी खड्काको अध्यक्षता एवं बिद्यालयका प्रधानाध्यापक पदम वलीको प्रमूख आतिथ्य तथा बागर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जोरा सिंह अधिकारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

गोष्ठीमा महिला तथा बालबालिका शाखाकी प्रमूख चन्द्रा वलीले विवाहको परिभाषा, बालविवाहको भनेको के हो ?, बाल बिबाहले शिक्षा, स्वास्थ्य, मानसिक रुपमा पर्ने असर, बालविवाह भएमा बालबालिकाको अधिकारमा हुने हनन्, बालबालिकामा लागु हुने कानुनी व्यवस्थाहरु, बालबिबाह न्यूनिकरणमा स्थानिय तहको भूमिका, बालविवाह न्यूनिकरणमा परिवारको भूमिका, बिद्यालय र शिक्षकको भूमिका लगाएतका बिषयमा जानकारी गराईएको थियो ।

सो अबसरमा भानु माबिमा यो आर्थीक बर्षमा कक्षा १० मा ८ जना र कक्षा ९ मा ३ जना गरी ११ जना बालबालिकाहरु बाल बिबाह गरेको विद्यार्थीहरुले जानकारी गराएका थिए । गोष्ठीमा १ सय १३ जना ९ र १० का बिधार्थी गोष्ठीमा शिक्षक पुस्कर डांगी, फुलमाया खड्का, पार्वती चौधरीको सहभागीता रहेको थियो ।

कार्यक्रमको शहजीकरण शीक्षा शाखाका प्रमूख अनील के.सीले गर्नु भएको थियो । गाउँपालिकाले पछिल्लो समय बाल विवाहका घटना बढ्दो अबस्थामा रहेकाले न्यूनिकरण गर्न गाँउपालिका भित्र रहेका सामुदायीक बिद्यालयमा यस्तो खालको कार्यक्रम ल्याएको हो ।