घर्ती परिवारलाई मगर संघको राहात

बबई गाउँपालिका—७ का अग्निपिडित पुर्णबहादुर घर्तीको परिवारलाई राहत प्रदान गरिएको छ । आगलागीबाट घर्तीका दश बर्षीय छोरा राजु घर्तीको शनिबार निधन भएको थियो । नेपाल मगर संघ दाङले सोमबार राहत प्रदान गरेको हो ।

Buddha International Hospital

Advertise with us

जनावर भगाउनका लागि बनाइएको अट्वामा आमा र बहिनीसंगै सुतेका घर्तीको शनिबार बेलुकी ८ बजे निधन भएको हो । आगलागीमा परेर आमा रामकली घर्ती सामान्य घाइते हुनुभएको छ ।

नेपाल मगर संघले चामल, दाल, नून, तेलसंगै सिरक र डसना प्रदान गरेको हो । नेपाल मगर संघका अध्यक्ष खलुप्रसाद पुन मगरको नेतृत्वमा गएको टोलीले राहत प्रदान गरेको हो । यसअघि बंगलाचुलीमा पनि आगलागीमा परेर एकै परिवारका तीन बालबालिकाको निधन भएको थियो ।

Advertise with us