स्वर्गद्धारी घुम्न गएका भण्डारी मृत फेला

NIC ASIA Bank

दाङ,२२ असोज | प्यूठानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सरुमारानी गाउँपालिका ४ को माडी नदीको किनारामा २१ वर्षीय पोषण भण्डारी मृत अवस्थामा फेला परेको प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।

Ghorahi Bachat

स्वर्गद्धारी घुम्न भनि हिडेका दाङ तुलसीपुर ८ दुदेनाका मृत फेला परेका हुन ।

Center Point

भण्डारीको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको सुचना अधिकारी प्रहरी निरीक्षक जिसीले जानकारी दिए ।

City Garden