घटना पछि आफन्तहरु आन्दोलित, पसलहरुमा तोडफोडका साथै ढुङगामुडा


घोराही, ९ पुस । बसले ठक्कर दिदा घोराही बजारमा एक व्यक्तिको मृत्यु भएपछि आज घोराही बजार तनावग्रत बनेको छ ।


Advertise with us
घोराही उपमहानगरपालिका वडा नम्वर १४ नयाँ बजारमा लु २ ख १६०२ बसले रा ३ प १९७४ नम्वर स्कुटीलाई पछाडीबाट जानिजानी ठक्कर दिएर मारेको भन्दै आफन्तहरु आक्रोषित भएर आन्दोलनमा उत्रेका छन । उनीहरुलेको ढुङगामुडा गरे पछि पहरीले केही राउण्ड अश्रुग्यास समेत पहार गरेको थियो ।

Buddha International Hospital


मृतकका आफन्तले घटना पछि शवलाई प्रहरीले सडकबाट जवरजस्ती उठाएर राप्ती स्वास्थ्य विज्ञानपतिष्ठानमा पु¥याए पछि स्थीती तनावगस्त बनेको थियो ।

अहिले घोराही बजारमा मृतका आफन्तहरुले बजार बन्द गराउनुको साथै तोडफोडमा उक्रेका छन । प्रत्यक्षदर्शीका अनुसार मृतकका आफन्तले घोराहीको वैंकरोड, उमेशमार्ग लगायतका स्थानका दर्जन बढी पसलहरुमा तोडफोड गरेका छन ।

जसका कारण स्थानिय व्यापारिको नोक्सान हुन पुगको छ । के कति नोक्सान भएको छ भन्ने विवरण भने आउने सकेको छैन ।

आन्दोलित भिडले स्कुटी ठक्कर दिने बस समेत तोडफोड गरेका थिए भने बजारमा केही गाडीहरुमा समेत क्षति पुराएका छन । भिडले उग्र खालका नारा लगाउन थाले पछि प्रहरीले केही व्यक्ति माथि लाठी चार्ज गर्नुका साथै सात राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो ।

आज विहान भएको दुर्घटनामा घोराही – १८ का २९ वर्षका मेघराज पुनको मृत्यु भएको थियो भने सोही ठाउँका महेश बुढा गम्भिर घाइते भएका छन ।