चोरीको रिचार्ज विक्री गर्ने पक्राउ

घोराही,  कात्तिक | दाङमा १६ लाख बढि नेपाल टेलिकमको रिचार्जकाड चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरि सार्वजनीक गरेको छ ।

Buddha International Hospital

Advertise with us

जिल्ला प्रहरी कार्यालय दाङले रिचार्ज कार्ड चोरी गर्ने रोल्पा माडी गाउँपालिका वडा नं. १ निवासी २१ बर्षीय दलबहादुर पुनलाई बुधबार पक्राउ गरि आज सार्वजनीक गरेको हो । अभियुक्त पुनको साथबाट १६ लाख १० हजार रुपैयाका रिचार्ज कार्ड समेत बरामद गरिएको प्रहरीले बताएको छ ।

रिचार्ज चोरी गरि रोल्पा थवाङ गाउँपालिकाका विभिन्न क्षेत्रमा बेचविखन गरिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय थवाङ रोल्पाको सहयोगमा पुनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

कपक्राउ परेका पुनो ससुराली प्युठान स्वर्गद्धारी नगरपालिका वडा नं. ७ मा लुकाई छिपाई राखेको अवस्थामा रिजार्च कार्ड बरामद गरिएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।

रोल्पाबाट ५० का दरका चारसय थान, एकसय दरका दुई हजार थान रिचार्जकार्ड बरामद गरिएको हो । त्यस्तै प्युठानबाट ५० दरका रिचार्जकार्ड तीनहजार छ सय थान र एकसय दरका आठहजार पाँचसय थान र पाँचसय दरका तीनसय ६० थान थान बरामद गरिएको पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।

जम्मा १६ लाख दश हजार बरामद गरिएको छ र थप रिचार्जकार्डका सम्बन्धमा उनुसन्धान भईरहेको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो । असोज २३ गते रिचार्जकार्ड चोरी भएको भएपनि २१ दिनपछि बुुुुधबार अभियुक्तलाई पक्राउ गरिएको हो ।

ना ६ ख ९३४५ नम्बरको गाडीबाट दाङ–चितवन लैजादै गरेका रिचार्ज कार्ड बीचबाटोमै चोरी गरेको खुल्न आएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।