उद्घाटन नहुदै शोकसभा

रीता लामा

Buddha International Hospital

घोराही उपमहानगरपालिका वडा नम्वर १७मा यस बर्ष देखि वन विज्ञान विषयको प्राविधिक शिक्षा सुरुवात गरिएको थियो । स्वर्गीय पत्रकार कृष्णसेन इच्छुकको नाममा स्थापना गरिएको उक्त विद्यालयको औपचारिक उत्घाटन हुन बाकि नै थियो । शुक्रवार बेलुकी १९ विद्यार्थी र दुइ शिक्षक सहित २३ जनाको मृत्यु भए पछि शिक्षालयमा उत्घाटनको साटो शोक सभागरिएको छ । शिक्षालयका पमुख यादव सुवेदीले आइतवार दिउसो शिक्षालय प्राङगणमा आयोजना गरिएको शोकसभामा सिटीइभिटिबाट मान्यता प्राप्त उक्त सरकारी शिक्षायललाई भव्य कार्यक्रमका बीच उत्घाटन गर्ने तयारी आफुहरुले गरिरहेको अवस्थामा एक्कासी यस्तो घटना घटदा शोक कार्यक्रम गर्नुपरेको भन्दै चिन्ता व्यक्त गरे ।

Advertise with us
कार्यक्रममा पटक पटक गला अवरुद्ध पार्दै, गहभरी आँसु ल्याउदै मन्तव्य व्यक्त गरेका सुवेदीले यो घटनाले शिक्षालयमा ठुलो क्षति पुगेको बताए । साथै उनले आगामाी दिनमा शिक्षालाय अगाडी बढाउनको लागि सबैको सहयोगको अपेक्षा पनि गरे ।


नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को आंगीक क्याम्पसका रुपमा यसै वर्षदेखि सञ्चालनमा आएको क्याम्पसको औपचारिक उद्घाटन नसकिएको भन्दै सरोकारवालाहरुले समेत दुख व्यक्त गरेका थिए ।
सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन गरी फर्कदै गर्दा शुक्रबार तुलसीपुर–३ राम्रीमा शिक्षालयका विद्यार्थीहरु चढेको वस दुर्घटना हुँदा १९ जना विद्यार्थी र २ जना शिक्षकको मृत्यु भएको थियो । वन विज्ञानको अध्ययन गरिरहेका विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षा सञ्चालनका लागि शिक्षालयले उनीहरुलाई अवलोकन भमणका लागि पठाएको थियो ।
शोक सभामा बोल्दै जिल्ला समन्वय समिति दाङका संयोजक श्रीधर पौडेलले शिक्षालय सञ्चालनका लागि स्थानीय तहको तर्फबाट आवश्यक भूमिका खेल्ने बताए । दुर्घटना घटिसकेपछि आगामी दिनमा यस्ता घटना घट्न नदिन आवश्यक तयारी अपनाउनुपर्ने भन्दै स्थानीय तहको तर्फबाट सहजीकरण गर्ने बताए ।


शोकसभामा बोल्दै नेकपाका केन्द्रीय सदस्यद्वय निर्मल आचार्य, हेमराज शर्मा, नेपाली कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, महेन्द्र बहुमुखी क्याम्पस दाङका निमित्त क्याम्पस प्रमुख सुदर्शन रिजाल, नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वलीलगायतले सडकलाई ट्राफिकमैत्री नबनाउँदा समय समयमा अकल्पनिय घटना घट्ने गरेको बताए । सरोकारवाला निकायहरुले दुर्घटना न्यूनीकरणका लागि सचेतनासँगै यातायातमैत्री सडक बनाउनुपर्नेमा उनीहरुले जोड दिए । कार्यक्रमको संचालन शिक्षालयका समन्वयकर्ता केशरमान वुढाथोकीले गरेका थिए ।

Advertise with us