पत्रकारमाथीको दुव्र्यवहार प्रति पत्रकार महासंघको आपत्ती

 

दाङ, पुस ८ ।

Buddha International Hospital

पत्रकार माथी प्रहरीले गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ दाङले खेद प्रकट गरेको छ । गोरु तस्करीको विषय समाचारका लागि सुचना संकलन गर्न गएका गणतन्त्र दैनिकका लमही सम्बाददाता शिवु खनाल, देउखुरी एफएमका स्टेशन म्यानेजर शिवराज खनाल र प्रदेश टुडेका देउखुरी सम्बाददाता प्रियास्मृति गजमेर माथी प्रहरीले गरेको दुव्र्यवहार प्रति महासंघले आपत्ति जनाएको छ । ईलाका प्रहरी कार्यालय भालुबाङका ईन्सपेक्टर रविन्द्रराज पाण्डेयले पत्रकारहरुको क्यामरा खोस्नु, भिडियो र फोटोहरु डिलिट गर्नु, क्यामरा र प्रेसकार्डहरु कब्जा लिनु प्रेस स्वतन्त्रता विरुद्ध कार्य भएको महासंघका सचिव भुपेन्द्र वलीले बताउनुभयो । सुरक्षा र न्यायका लागि सेवा गर्न खटिएको प्रहरीले प्रेस स्वतन्त्रता र सुचनाको हक विरुद्ध कार्य गर्नु जनताविरोधी कार्य भएको उहाले बताउनुभयो । घटनाको सत्यतथ्य छानविन गरेर दोषीलाई कानुनी कटघरामा ल्याउन सचिव वलीले माथिल्लो निकायलाई आग्रह गर्नुभयो ।

Advertise with us

ईलाका प्रहरी कार्यालय भालुबाङका ईन्पेक्टर रविन्द्रराज पाण्डेयले देउखुरीका तीन जना पत्रकारलाई दुब्र्यहार गर्नुको साथै खिचिएको भिडियो डिलिट गरेका छन् । साथै अर्को एक जना पत्रकारमाथी लाठी चार्ज गरेका छन् । गोरु तस्करीको विषयमा सुचना संकलनका लागि लमही नगरपालिका वडा नं. ७ बनघुस्री पुगेका गणतन्त्र दैनिकका लमही प्रमुख शिवु खनाल र देउखुरी एफएमका स्टेशन म्यानेजर शिवराज खनाललाई ईलाका प्रहरी कार्यालय भालुबाङका ईन्पेक्टर पाण्डेयले दुब्र्यवहार गरेका हुन् । यस्तै प्रदेश टुडेमा कार्यरत प्रियास्मृति गजमेरलाई लाठी प्रहार गरेको पत्रकार शिवु खनालले जानकारी दिनुभयो ।

पत्रकार शिवराज खनालका अनुसार पाण्डेले क्यामरा खोसेर भिडियो र फोटोहरु डिलिट गरेका हुन् । गोरु लोड गरिएका ६ वटा ट्रकहरुको भिडियो र फोटोहरु क्यामराबाट डिलिट गर्नुको साथै १५ मिनेट भन्दा बढि क्यामरा कब्जामा लिएर पत्रकारहरुको घाँटी समेत समाएर ईन्पेक्टर पाण्डेयले दुब्र्यवहार गरेका थिए । पाण्डेयले पत्रकारहरुबाट प्रेस आईडी समेत आफ्नो कब्जामा लिएको पत्रकार खनालले बताउनुभयो ।

Advertise with us