सडकको कारण दुर्घटना

Advertise with us

घोराही, ८ पुस । नमस्ते राप्ती यातायात प्रा.लीले सडकको स्तरोन्नती गर्नको लागि माग राखेको छ । साघुरो र जिण्र सडकको कारण सवारी दुर्घटना भईरहेको र मानीवय क्षती भईरहेकाले सडकको स्तरोन्नतीको लागि माग राखेको हो ।

Buddha International Hospital


Advertise with us
प्रालिले आईतवार घोराहीमा पत्रकार सम्मेलन गरेर पुस ६ गते नमस्ते यातायात प्रा.लिवाट सञ्चालीत बा ४ ख ९७६६ नम्वरको बस कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयवाट शैक्षिक भ्रमणवाट फर्कने क्रममा भएको सवारी दुर्घटनामा परेर मानवीय क्षेति भएको प्रति दुख व्यक्त गर्दै सडक स्तरोन्नतीको माग गरेको हो । प्रालिका अध्यक्ष बामदेव खनालले सवारी दुर्घटना प्राली परिवार मर्माहत एवम् स्तब्ध भएको बताएका थिए ।


सवारी दुर्घटनामा उद्धारमा सहयोग गर्ने स्थानिय सरकार, प्रहरी प्रशासन, नेपाली सेना, नागरिक समाज, राजनीतिक दल, स्वास्थ्यकर्मि, पत्रकार र व्यवसायिलाई धन्यवाद दिदै घाईतेहरुलाई उपचारको लागि काठमाण्डौ लैजान हेलिकप्टको व्यवस्था गर्ने प्रदेश नम्वर पाँचका मुख्यमन्त्री शंकर पोख्रेललाई आभार प्रकट गरेको छ ।

सवारी दुर्घटनामा ज्यान गुमाएकोहरुको नियम अनुसार क्षतिपुर्ति दिईने प्रा.लिका अध्यक्ष खनालले वताएका छन् ।