नेपाल गुणस्तर चिन्ह राप्ती ग्यासलाई

Advertise with us

दाङ, पुस ६ । राप्ती ग्यास उद्योग प्रालीले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । देउखुरीको सतवरियामा स्थापना भएर पाँच वर्ष देखि उपभोक्ताहरुलाई सेवा प्रदान गर्दै आएको राप्ती ग्यास उद्योगले नेपाल सरकारबाट गुणस्तर चिन्ह एनएस प्राप्त गरेको हो ।

Buddha International Hospital

Advertise with us

उद्योगले घोराहीमा पत्रकार सम्मेलन गरेर गुणस्तर चिन्ह प्राप्त गरेको सन्दर्भमा जानकारी गराएको हो । उद्योगका प्रबन्ध निर्देशक खड्गबहादुर बुढाथोकीले राप्ती ग्यास उद्योगले उपभोक्ताहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएपनि सरकारले मंसिर १० गते नेपाल गुणस्तरको चिन्ह प्राप्त गरेको प्रमाणपत्र प्रदान गरेको जानकारी गराउनुभयो ।

यो सफलताले उपभोक्ताहरुमा ढुक्कसँग राप्ती ग्यासको प्रयोग गर्न सक्ने वाताबरण निर्माण गरेको बताउनुभयो । स्थापनाकाल देखि नै आफुहरुले गुणस्तरिय र सुरक्षित सेवा प्रदान गर्दै आएकोमा अब सरकारले नै प्रमाणित गरेको बताउनुभयो । गुणस्तर सेवा दिएको, सुरक्षित सिलिण्डरहरु प्रयोगमा ल्याएको, प्लाण्ट देखि उपभोक्ताको कोठासम्म सुरक्षित र गुणस्तरिय सेवा प्रदान गर्दै आएको प्रतिफल स्वरुप गुणस्तर चिन्ह उद्योगले प्राप्त गर्नु उद्योग र उपभोक्ता दुबैको लागि खुशीको कुरा भएको बताउनुभयो ।

अहिले राप्ती ग्यास उद्योगले ३५ हजार सिलिण्डर उपभोक्ताहरु समक्ष वितरण गर्दै आएको छ । साविक राप्तीका पाँच जिल्ला सहित विभिन्न जिल्लामा ६१ प्रतिशत बजारमा नियन्त्रणमा राख्न सफल भएको उद्योगले अहिले १ सय २२ वटा वितरक स्थापना गरेको छ ।

दाङ सहित रोल्पा, प्युठान, सल्यान, रुकुम, कपिलबस्तु, रुपन्देही, अर्घाखाँची देखि पश्चिम क्षेत्रमा बाँके, कैलाली, बर्दिया देखि कालिकोट हुँदै जुम्लासम्म राप्ती ग्यासको बजार रहेको राप्ती ग्यासका प्रबन्ध निर्देशक बुढाथोकीले बताउनुभयो ।

राप्ती ग्यास उद्योग प्रालीका अध्यक्ष ओमभक्त बुढाथोकीले राप्ती ग्यासको बारेमा कुनै पनि उपभोक्ताहरुबाट प्रश्न उठाउने अबस्था नभएको बताउनुभयो । १२ जना कर्मचारीबाट सुरु भएको प्लाण्टमा अहिले ४० जना कर्मचारीहरुले रोजगार प्राप्त गरेको र ३ वटा साधनबाट सुरु भएको सेवाका लागि अहिले ८ वटा साधन सञ्चालन भैरहेको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका कार्यबाहक अध्यक्ष लिला शाह, सल्लाहकार सुदीप गौतम, उद्योग बाणिज्य संघका सदस्य महेन्द्र बुढाथोकी, राप्ती पोष्ट दैनिकका प्रकाशक तथा सम्पादक शरद अधिकारीले शुभकामना दिदै उपभोक्ताहरुको ईच्छा अनुसार गुणस्तरीय सेवा प्रदान गर्न सुझाव दिनु भएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार आरके शीतलले गर्नुभएको थियो ।