नयाँ बर्षको उपलक्ष्य सांगितिक कार्यक्रम हुने

तस्विरः रीता लामा

आउदै गरेको अंगेजी नयाँ बर्षको उपलक्ष्यमा प्यासन नेपालले घोराहीमा विशेष सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । प्यासन नेपालले विहिवार घेराहीमा पत्रकार सम्मेलनको आयोजना गरि दाङको घोराही स्थित म्यागो गार्डेन रिसोर्टमा आउदो पुस १६ गते ‘लेट्स पार्टी न्यु इएर इभिनिङ २०१९’ नाम दिएर नयाँ बर्षको स्वागतको लागि सांगितिक कार्यक्रम गर्ने जनाएको छ । प्यासन नेपालका अध्यक्ष भिजन घिमिरेका अनुसार उक्त सांगितिक कार्यक्रम सफल पार्नको लागि चर्चित गायिका अन्जु पन्त, रुपक डोटेलसँगै स्थानिय कलाकारहरुको समेत सहभागिता हुने छ । अध्यक्ष घिमिरेले आफुहरुले आयोजना गर्न लागेको सांगितिक कार्यक्रमलाई सफल पार्नको लागि सवैसँगै सहयोगको अपेक्षा समेत गरेको जनाए ।

तस्विरः रीता लामा

प्यासन नेपालका अध्यक्ष भिजन घिमिरेको अध्यक्षता एवम घोराही उपमहानगरपालिका वडा नम्वर १५का वडा अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार आरके शितले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *