धारपानीमा जिल्लाकै ठुलो महायज्ञ हुने

घोराही, कात्तिक ।दाङको घोराहीउपमहानरपालिका वडा नम्बर स्थितपाण्डवेश्वर मन्दिर धारापानीमा महायज्ञ सञ्चालनहुने भएको छ । बृहतआध्यात्मिकतथापर्या – पर्यटकिय स्थलनिर्माणका लागिआगामीफागुन ११ गते देखि १८ गते सम्म महायज्ञ सञ्चालनगर्न थालेको हो ।

Buddha International Hospital

Advertise with us

मन्दीर व्यवस्थापन समितिले मन्दीर परिसरमा छलफल तथा सुझाव संकलनगर्दै मन्दीरको बृहत्तर विकासकालागिआर्थिक संकलनगर्ने र धार्मिक महत्वलाई बढवा दिने गरी महायज्ञ सञ्चालनगर्न थालेको समितिकाअध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभयो । ‘मन्दीर व्यवस्थापन समितिले यस अगाडी सञ्चालन गरेकापुर्वाधार निर्माणको कामहरु सम्पन्नहुन सकेका छैनन् ।’ अधिकारीले भन्नुभयो, ‘ढुंगाका मुर्तिहरुको प्राणप्रतिष्ठा नगरी कसरी पुजागर्नु ?’ यसको साथै समितिले बनाएका योजनाहरुको कार्यान्वयनका लागि समेत महायज्ञ सञ्चालन गर्न थालेको आयोजकले बताएको छ ।

महायज्ञको प्रमुख कथा बाचनका लागि चर्चित कथाबाचक पण्डीत दीनबन्धु पोख्रेल आउनु हुने मन्दीर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले बताउनुभयो । पण्डीत दीनबन्धु पोख्रेल पाण्डवेश्वर महादेव मन्दीर धारापानीको मानार्थ सदस्य समेत हुनुहुन्छ ।

जिल्लाकै सबै भन्दा ठुलो महायज्ञ सञ्चालनगर्ने योजनाबनेको छ । फागुन २० गते महाशिवरात्रीपर्व छ । १८ गते महायज्ञ समापनगर्ने र १९ गते तयारी गरेर २० गते महाशिवरात्रीपर्व मनाउने गरी महायज्ञको तयारी सुरु गरीएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । १५ करोड भन्दा बढि आर्थिक संकलनहुने लक्ष्य राखेर आयोजनागर्न थालिएको महायज्ञ जिल्लाकै सबै भन्दा ठुलो महायज्ञ बन्ने आयोजकले बताएको छ ।

बृहत आध्यात्मिकतथापर्या– पर्यटकिय स्थलनिर्माण गर्ने उदेश्य रहेको महायज्ञबाट भएको आर्थिक संकलनले गौशाला निर्माण, गुरुकुल सञ्चालनका लागि पुर्वाधार तयार, अखण्ड ज्योती सञ्चालन, अपुरा रहेका पुर्वाधारहरुको निर्माण, धार्मिक ग्रामको सुरुवात तथा धार्मिक संग्रालय निर्माणका लागि पहल गरिने भएको छ ।

मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीको अध्यक्षता तथा प्रदेश सांसद अमरबहादुर डाँगीको प्रमुख आथिथ्यतामा भएको छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर पौडेल, वडा नम्बर पाँचका अध्यक्ष विष्णुमणि दाहाल, वडा नम्बर ६ का अध्यक्ष रेपबहादुर बुढाथोकी लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला ब्यक्तिहरुले मन्दीरको विकास र प्रचारप्रसारका लागि विभिन्न सुझाव दिएकाथिए ।