लामखुट्टे मार्न घोराहीमा बिषादी छर्किन सुरु

घोराही, ५ असोज | घोराही उपमहानगरपालिकाले लामखुट्टेको बासस्थान नै नष्ट गर्ने कार्यक्रम सुरु गरेको छ । पछिल्लो समय डेंगु, मलेरीया लगाएका संक्रमण बढ्दै जान थालेपछि लामखुट्टेको बासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम सुरु गरेको हो । उपमहानगरको स्वास्थ्य शाखाले लामखुट्टे खोज अनि मार भन्ने अभियान अन्तरगत त्यसका अण्डा र लार्भालाई नष्ट गर्न बिषादी छर्कने काम सुरु गरेको हो ।

Blog Post Ad

Blog Post Ad

आईतबार देखी उपमहानगरले लामखुट्टेको बासस्थान खोज्दै बिषादी छर्कने काम सुरु गरेको छ । ५ जना व्यक्तिहरुले औषधी छर्कन सुरु गरेका हुन् । उपमहानगरको कार्यालयबाटै लामखुट्टे मार्ने अभियान सुरु गरिएको र नगरबासीहरुले माग गरेको ठाउँमा विषादी छर्कने स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभयो । घर भित्र र बाहिर विषादी छर्कने गरी योजना बनेको उहाँको भनाई छ ।

करिब ५ लाख रुपैयाँको विषादी उपमहानगरले ल्याएको छ । सचेतना अभियान सँगै विषादी छर्कने कार्यलाई पनि अगाडी बढाउने उपमहानगरले जनाएको छ । उपमहानगर भित्र २५ जना बढीमा डेंगुको संक्रमण देखिएको छ । जिल्लाभरी अहिले सम्म एक सय ४ जनामा डेंगुको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *