दाङमा अन्जु पन्त आउँदै

घोराही, पुस ५ । दाङमा चर्चित गायीका अन्जु पन्त आउनुहुने भएको छ । घोराहीमा नयाँ वर्षलाई स्वागत गर्न प्यासन नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी हुन अहिलेको चर्चित गायीका अञ्जु पन्त र गायक रुपक डोटेल आउनु हुने भएको हो ।

Buddha International Hospital

Advertise with us

प्यासन नेपालका अध्यक्ष भिजन घिमिरेले पुस १६ गते अर्थात विदेशी नयाँ वर्षको साँझमा गरिने विविध सांगीतिक कार्यक्रमका गायीका पन्त र डोटेल आउने जानकारी दिनुभयो । कार्यक्रममा स्थानीयहरु व्याण्डहरूको विशेष प्रस्तुती रहने अध्यक्ष घिमिरेले बताउनुभयो ।

भरपूर मनोरञ्जन र परिवारीक वातावरणमा कार्यक्रम सञ्चालन गरिने आयोजकले बताएको छ । कार्यक्रमका लागि टिकट खरीदमा विभिन्न परिकारहरुको पनि व्यवस्था रहेको छ ।

घोराही १५ भीमसेन टोलमा रहेको म्यांगो गार्डनमा गरिने कार्यक्रम विदेशी नयाँ वर्षको शुभकामना आदान प्रदानका लागि सांगीतिक कार्यक्रमको आयोजना गरीएको प्यासन नेपालका अध्यक्ष घिमिरेले बताउनुभयो ।

साथै पुर्ण सुरक्षाका लागि साल्यूट गोर्खाका प्रकाश घिमिरे लगायत सुरक्षाकर्मीहरु पनि रहेको जानकारीभयो । कार्यक्रममा घोराही १५ का अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दांगका कोषाध्यक्ष आरके शीतलले गर्नु भएको थियो ।