लालपुर्जाको आसमा भुमिहिन

रीता लामा

Buddha International Hospital

लमही नगरपालिका वडा नम्वर एकका विष्णु चौधरीलाई २०३४ सालमा गठित उच्च स्तरिय आयोगले हरियो पुर्जा दियो । तर २०६८ सालमा त्यो लाल पुर्जा फेरी सरकारले फिर्ता लग्यो । उनीसँग त्यसको फोटोकपि मात्रै छ । सरकारले लालपुर्जा दिन्छकी भन्ने आस अझै पनि उनलाई लागेको छ । उनी जस्ता १३ घरधुरी अहिले आफुले भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा पाउने आसमा बसेका छन ।

Advertise with us
लमही नगरपालिका वडा नम्वर ६का मनबहादुर बुढाथोकीको पनि उनी बस्दै आएको जग्गामा सरकारले पटक पटक कित्ताकाट ग¥यो, नाप छेक पनि भयो तर लाल पुर्जा बाडेन । उनी जस्ता ८४ घरधुरी त्यहाँ बस्दै आएका छन । उनको प्रश्न छ ‘हामीले जोतेको जग्गाको लालपुर्जा कहिले पाउछौ ?’ उनलाई आफु जिउदो छदै आफुले जोतेको भोगेको जग्गाको लालपुर्जा हेर्ने मन छ ।
जिल्ला भुमि अधिकार मंच र सोसाइटी वेलपियर एक्सनले घोराहीमा आयोजना गरेको भुमिको समस्या समाधानको लागि सरोकारवाला निकायसँगको संवाद कार्यक्रमका सहभागि भएका भुमि हिनहरुले सरोकारवालाहरुसँग यस्तै गुनासो गरे ।
तुलसीपुर उपमहानगरपालिका १९ विजौरीका दानबहादुर रावतले पनि आफ्नो बाबु दयाराम रावतले मोही कायम गरेको टेकनप्रसाद मजगैयाको जग्गाको मोहीमा अर्कैको नाम परे पछि समस्या भएको बताए । आफ्नो बाबुले जोतेको जग्गाको मोही हकमा अर्कैको नाम परे पछि उक्त विषयलाई तत्कालिन भुमिसुधार कार्यालयले फैसला पनि गरिदियो तर उक्त फैसला चित्त नवुझे पछि उनी पुनरावेदन अदालतसम्म पुगे । तर अहिले उक्त विषय यता न उताको भएको छ । उनी भन्छन ‘भुमिसुधारमा आउदा अदालतमा गएको विषय हामी हेर्दैनौ भन्छन, अदातलमा जादा मोहीको कुरा गाउँ मै मिलाउनुस भन्नुहुन्छ । म अहिले घर न घाटको भएको छु, ।’ रावतको पनि एउटै माग छ । बाबुले जोतेको जग्गामा कायम भएको मोहीको जग्गाको लालपुर्जा कहिले मेरो नाममा आउछ ।

 


गडवा गाउँपालिका ५की सिर्जना चौधरी सहित करिव ३८ घरधुरी अहिले बनको जग्गामा बसेका छन । चौधरीका अनुसार त्यस क्षेत्रमा करिव २०२० साल देखि भुमिहिनहरु बस्दै आएका छन । उक्त ऐलानी जग्गालाई सामुदायिक वनले आफ्नो जग्गा भने पछि उनलाई पनि लालपुर्जा कै समस्या छ । आफुले जोतभोग गरेको जग्गाको लालपुर्जा पाउन पाए ढुक्कका साथ बस्न पाइन्थ्यो की भन्ने उनलाई पनि लागेको छ । आफुहरुलाई जसरी पनि जग्गाको लालपुर्जा दिलाइदिन सरकारी पक्ष र राजनीतिक दलाई उनले आग्रह गरिन । उनी जस्ता सयौ भुमिहिन किसानहरु अहिले दाङका देउखुरी, पश्चिम र घोराही क्षेत्रमा छन । जसले जीवनमा एक पटक लाल पुर्जा हेर्न पाए हुन्थ्यो भन्ने मात्रै पनि लागेको छ ।
तर जिल्ला नापि कार्यालयका प्रमुख सुदिप श्रेष्ठ र जिल्ला मालपोत कार्यालयका प्रमुख विनोद कुमार पौडेल भने लाल पुर्जा दिने सवालमा केन्द्रिय सरकारवाट निर्देशन आए तुरुन्तै गर्ने बताउछन । उनीहरुले आफुहरुले भुमिहिनलाई जग्गा दिने सवालमा आफै केही पनि गर्न नसक्ने बताए । साथै उनीहरुले भुमिहिनलाई जग्गा प्राप्तीको लागि माथिल्लो निकायमा पहल गर्नको लागि पनि आग्रह गरे । यस्तै कृषि ज्ञान केन्द्र घोराहीका कृष्ण बस्नेतले अहिले पदेश सरकारले लागु गरेको करार खेतिमा लाग्नको लागि भुमिहिनलाई आगह गरेका छन । उनले लाल पुर्जा नभए पनि आफुले भोग चलन गर्दै आएको जग्गाको नाप छेक गरि स्थानिय निकायबाट सिफारिस ल्याइ करार खेति सुरु गरि आफुले भोग चलन गरेको जग्गा केही समयको लागि सुरक्षित हुने बताए ।


तर प्रदेश नम्वर पाँचका प्रदेश सदस्य एवम नेकपाका नेता रेवति रमण शर्मा आफुहरुले भुमिहिनलाई व्यवस्थित बसोवासको लागि पहल गरिरहेको बताए । नेपालमा भुमिहिनलाई जग्गा दिलाउनको लागि पटक पटक सुकुम्वासी आयोगहरु पनि गठन भए पनि लालपुर्जाको काम अन्तिम चरणमा पुग्दा नपुग्दै विगठन हुने परिपाटीको कारण सुकुम्वासी समस्या समाधान हुन नसको बताए । साथै उनले प्रदेश प्रमुख शंखर पोखरेल र संघिय संसदका सभामुख कृष्णबहादुर महरा बीच भुमिहिनलाई व्यवस्थित बरोवासको लागि योजना तयार भैरहेको बताए । ‘छरिएर रहेका सुकुम्वासी, भुमिहिन, मुक्त कमैयालाई मर्ज गरि बस्ती विकास गर्ने हाम्रो सोच छ ।’ उनले भने ‘जहाँ पानी, वत्ति, शिक्षा, स्वाथ्य जस्ता सबै आधारभुत आवश्यकता समेत पुरा गरिने छ ।’ उनले भुमिहिनलाई नआत्तिन भन्दै संघिय सरकारले भुमि सम्बन्धि नीति तयार पारे पछि प्रदेश सरकारले त्यसलाई पारित गर्ने र स्थानिय तहले आफै भुमिहिनलाई लालपुर्जा दिने बताउनुभयो ।

स्वान सस्थाकी उर्मिला चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुमि अधिकार मंचकी पुर्व अध्यक्ष निर्मला विक, केन्द्रिय सदस्य मिनबहादुर विक लगायतले मन्तव्य व्यक्त गरेको थिए । कार्यक्रमको सहजिकरण पत्रकार दशरथ घिमिरेले गरेका थिए ।