ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु

दाङ , पुस ५ –  घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु१त ९७०७ नम्बरको ट्रयाक्टर गए राति पौने १ बजे उपमहानगरपालिका–३ को चौपट्टामा दुर्घटना हुँदा सो ट्याक्टरका सहचालकको मृत्यु भएको छ ।

Buddha International Hospital

Advertise with us

जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयका अनुसार बर्दिया घेरुवा गाउँपालिका–५ का १६ वर्षीय सन्तलाल चौधरी दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।

घोराहीस्थित राप्ती स्वास्थ्य प्रतिष्ठानीमा उपचारका क्रममा गए राति २ बजे उनको मृत्यु भएको हो। ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

 

Advertise with us