‘आफ्नो भविष्य आफै निर्माण गर्दै पाँच विधार्थी’

कृषि पढ्दै गरेका यी पाँच विद्यार्थी, जसले आफ्नो पढाई खर्चको बोझ बुबाआमालाई बोकाएका छैनन्

दाङ, ५ पुस । भनिन्छ, मेहेनती हातहरु त्यसै भाग्यमानी हुन्छन् । भाग्यको भरोसामा बस्नेहरुको भविष्यबारे केहि भन्न सकिदैन्, तर मेहेनत गर्नेहरु आफ्नो भाग्य र भविष्य आफै निर्माण गर्न सक्षम हुन्छन् ।

Buddha International Hospital


Advertise with us
यसको ज्वलन्त उद्हारण हुन, रविन्द्र उपाध्याय, मनोज चौधरी, बर्दिया, प्रकास भण्डारी, प्युठान, आशिष चौधरी र अर्जुन चौधरी । यिनिहरु पनि त्यस्ता मेहनेनती भाग्यमानी हुन, जसले आफ्नो भाग्य आफै लेख्दैछन् । दाङ, घोराहीस्थित मदन भण्डारी एग्रो टेक्निकल कलेजमा आईएस्सी एजी तेश्रो बर्षमा अध्ययन गरिरहेका यी पाँच जनाले आफ्नो पढाई खर्चको बोझ बुबाआमालाई बोकाएका छैनन् । ‘यस्ता सन्तान होस भन्ने रहर र ईच्छा कुनै पनि अभिभावकको हुन्छ’, कलेज नजिकै कृषि कर्म गरेर बसेका शिशिर राउतले उनीहरुको गतिविधि हेरेर खुसी हुदै भने, ‘तर, थोरै अभिभावकलाई मात्रै त्यस्तो सौभाग्य मिल्छ ।’

बास्तव मै पनि उनीहरुले गरेको कर्म साँच्चै नै प्रशंसायोग्य छ । उनीहरुजस्तै त्यस कलेजमा १२० जना अध्ययनरत छन् । पहिलो, दोश्रो र तेश्रो बर्षमा अध्ययनरत विद्यार्थी ‘कजेल लाईफ’ ईन्जोए गरेर विताईरहदा यी पाच जना विद्यार्थी भने कृषि फार्म संचालन गरिरहेका छन् । रहर त हामीलाई पनि हुन्छ, तर, समय र परिस्थितलाई दोष दिएर पछि पछुताउनुभन्दा अहिलेदेखि नै पढेको कुरालाई व्यवहारमा उतारो जस्तो लागेर च्याउखेती सुरु गरेको रविन्द्र उपाध्यायले भने, ‘अनुभवका साथमा कलेजमा पढ्ने पैसा पनि राम्रोसंग कमिने भएकोले च्याउ खेतीको सुरुवात गरेका हौ ।’

‘तीन बर्षे पढाईको क्रममा केही प्राक्टिस पनि गर्नु पर्ने हुन्छ’, अर्का पार्टनर विद्यार्थी मनोज चौधरीले भने, ‘प्राक्टिसलाई प्राक्टिसमात्रै नबनाएर व्यवसाय पनि गर्ने उद्येश्यले यसो गरेका हौ ।’ त्यस्तै पार्टनरमध्येका प्रकास भण्डारी भन्छन्, ‘विहानको समय कलेजमा पढेर दिनभरी उनीहरु आफ्नै च्याउ खेतीमा खटिन्छन् । यसो गर्दा एकातिर पढाईको प्राक्टिस पनि राम्रो हुने भयो अर्को हातमा शीप पनि हुन्छ ।’

। यी पाच भाईको कथा साच्चै रोचक छ । कलेजको एक विगाहा जग्गामा विभिन्न प्रयोगात्मक कक्षाहरु सञ्चालन हुन्छन् । तर, अस्थायी यी प्रयोगात्मक काम कै सिलसिलामा यी पाच जनाले कलेजसंग निःशुल्क दुई कठ्ठा जग्गा लिएर च्याउ खेतीका सुरुवात गरेका हुन । अहिलेसम्म ३ सय च्याउको प्याकेटहरु तयार बनाईसकेका छन् । करिव एक महिनाभित्रमा प्रति प्याकेट ३ केजीसम्म च्याउ उत्पादन हुन्छ । यसकालागि अहिलेसम्म ५० हजार रुपैया खर्च भईसकेको रविन्द्र उपाध्याले जानकारी दिए ।

उनअनुसार ३ बर्षमा ७५ हजारजति कलेज खर्च निस्कन्छ । तर, यो ३ सय प्याकेटको च्याउबाट कम्तीमा ९ सय केजी च्याउ उत्पादन हुन्छ । बजार मूल्य अहिले च्याउ एक सय ८० देखि दुई सयसम्म विक्री हुन्छ । यसरी हेर्दा, प्रति केजी एक सय ५० रुपैया मै विक्री गर्दा पनि एक लाख ३५ हजार हुन आउछ । यो क्रम तीन लट गर्दा कम्तीमा पनि ५ लाख हुन्छ । यो रुपैयाले हाम्रो कलेज, खाना–बस्नदेखि आवश्यक खर्च कटाएर पनि केही घरमा पनि पठाउन सकिने उनीहरुको अनुभव छ ।

पढाई, आफ्नो फार्म बाहेक उनीहरु गाउघरमा कृषि फार्म गर्नेहरुकोमा समेत भ्रमण गर्छन । कोही किसानलाई समस्या परेको रहेछ भने उनीहरुले जानेको ज्ञान पनि बाड्छन् । काउली, टमाटर, प्याजको बेर्ना, माटो परिक्षणकालागि लगायत धान, चना, मकैजस्ता खेतीका बारेपनि उनीहरु पढ्दै आईरहेका छन् ।

 

सभार :हलो पत्रिका

Advertise with us