दुर्घटना न्यूनिकरण गर्न साईकलको पछाडी टाँसियो रिफ्लेक्टिङ्ग स्टिकर


शिवु खनाल
दाङ, ५ पुस | दाङको लमहीमा दुर्घटना न्यूनिकरण गर्न साईकलको पछाडी पट्टी गाडीको प्रकाश फर्काउने रिफ्लेक्टिङ्ग स्टिकर टाँस्न सुरु गरिएको छ । कुहिरो लागेको र रातीको समयमा हुने दुर्घटनालाई मध्यनजर गर्दै अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीले साईकलको पछाडी गाडीको प्रकाश फर्काउने रिफ्लेक्टिङ्ग स्टिकर टाँस्न सुरु गरेको हो ।

Advertise with us

Buddha International Hospital

अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख विष्णुबहादुर केसीका अनुसार पहिलो चरणमा स्कुले विद्यार्थिहरुको साईकलमा यस्तो स्टिकर टाँसिएको जनकारी दिनुभयो ।


पछिल्लो समय दाङमा कुहिरो लागेको बेलामा धेरै दुर्घटना भएको हुदा दुर्घटना न्यूनिकरण गर्न साईकलको पछाडी रिफ्लेक्टिङ्ग स्टिकिर टाँसेका हौं, अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख विष्णुबहादुर केसीले भन्नुभयो ।

अहिले सनलाईट र आदर्श नमुना मावि देउपुरका विद्यार्थिको साईकलमा यस्तो स्टिकर टाँसिएको छ ।’ ट्राफिक प्रहरीले एक सय ५२ वटा साईकलमा स्टिकर टाँसेको छ ।

सनलाईट बोर्डिङ्ग स्कुलमा अध्ययनरत विद्यार्थिको ३४ र आदर्श नमुना माध्यमिक विद्यालयमा अध्ययनरत एक सय १८ वटा साईकलमा स्टिकर टाँसिएको छ ।