मनाइयो घोराहीमा परिवार नियोजन दिवस

छैठौ राष्ट्रिय परिवार नियोजन एवम ६१ औँ नेपाल परिवार नियोजन संघ स्थापना दिवस आज घोराहीमा मनाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यायल, परिवार नियोजन दाङ शाखा र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजना एवम परिवार नियोजप्रजनन स्वास्थ्य समन्वय समितिको सहआयोजनामा संयुक्त रुपमा र्याली र अन्तरक्रिया गरेर दिवस मनाइएको हो ।

DG Mobile Dang


स्वास्थ्यकर्मी, जनप्रतिनीधि र स्वास्थ्य विषय अध्यनरत छात्रछात्राहरुको विभिन्न सन्देशमुलक नारा लेखिएको प्लेकार्ड सहित घोराहीको विभिन्न भागको परिक्रमा गरी उपमहानगरपालिकाको सभाहलमा पुगेर कार्यक्रम गरिएको थियो ।


जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले परिवारको सहि योजना गर्नु अहिलेको दायित्व भएको बताए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, परिवारनियोजन संघका पुर्व अध्यक्ष गणेश श्रेष्ठ, मानव कल्याण तथा वातावरवण संरक्षण मञ्चका अध्यक्ष भरत देवकोटा, जनस्वास्थ्य कार्यालयका टंकप्रसाद आचार्य, घोराहीका स्वास्थ्य शाखाका प्रमुख नारायण घर्ति लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा जिल्लामा समग्र स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिदै अव परिवार नियोजन सेवामा बच्चा कम जन्माउने भन्दा पनि कुन उमेरमा जन्माउने भन्ने सुझाव सल्लाह दिनुपर्ने बताएका थिए ।
कार्यक्रमको सहजिकरण परिवार नियोजन दाङ शाखाका प्रवन्धक बसन्त खनालले गरेका थिए ।