प्रदेश अध्यक्ष राना राष्ट्रिय सेवा सम्मान २०७५ वाट सम्मानित

घोराही, पुस  । राष्ट्रिय सेवा सम्मान २०७५ ले प्रतिष्ठित उद्योगपति दाङ निवासि वलिभद्र राना सम्मानित हुनु भएको छ । भर्खरै निर्वाचित हुनु भएका प्रदेश ५ नेपाल निर्माण ब्यवसायि महासंघका अध्यक्ष तथा घोराहीका पुर्व मेयर रानालाई बुधवार राजधानि काठमान्डौमा आयोजित विशेष समारोहमा राष्ट्रिय सेवा सम्मान २०७५ वाट सम्मानित गरीएको हो ।

Buddha International Hospital

Advertise with us

पर्यटनको क्षेत्रमा काम गर्दै आएको फोकस नेपाल संस्थाले गरेको नेपाल भम्रण वर्ष २०२० को अवसरमा स्रष्टा तथा विशेष सम्मान समारोहमा कार्यक्रमका प्रमुख अतिथि कृषिमन्त्रि चक्रपाणि खनाल‘वलदेव’ र विशिष्ट अतिथी पुर्व पर्यटनमन्त्रि आनन्दप्रशाद पोख्रेलले रानालाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।

फोकस नेपाल सस्थाले विकास निर्माण, गैर सरकारी संघ संस्था, ब्यावसायिक, सामाजिक लगायत विविध क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै देशैभरीवाट छनौट गर्नेक्रममा दाङसहीत प्रदेश ५ वाट रानालाई उत्कृष्टरुपमा छनौट गरी रानालाई सो पुरस्कारवाट सम्मान गरेको संस्थाका अध्यक्ष रामचन्द्र पोख्रेलले बताउनु भयो । सम्मानित भएपछि अध्यक्ष रानाले संस्थाले आफुलाई उत्कृष्टरुपमा छनौट गरी सो पुरस्कारवाट सम्मान गरेकोमा धन्यवादसहीत आभार एंव कृतज्ञता जाहेर गर्नु भएको छ ।

Advertise with us