फोनकै आधारमा निशुल्क होम डेलिभरी

दाङ, पुस ४ । एक कल फोनकै आधारमा तपाईलाई चाहिएको उपभोग्य बस्तु र सेवा प्राप्त गर्ने सुविधा दाङमै सुरु भएको छ । २०७३ साल देखि सुरु भएको एक कल समस्या हल सुविधा अहिले थप विस्तार समेत भएको छ ।

Buddha International Hospital

Advertise with us

‘दुई वर्ष भन्दा बढि नै भयो हामीले दाङमा पहिलो पटक सञ्चालन गरेको’ सञ्चालक अमर अधिकारीले भन्नुभयो, ‘अहिले यो सुविधालाई विस्तार गरेका छौँ ।’ तरकारी देखि आधारभुत स्वास्थ्य सुविधा समेत एक कल फोनकै आधारमा पाउन सकिने व्यवस्था मिलाईएको अधिकारीले जानकारी दिनुभयो ।

तरकारीका विभिन्न प्रकारहरु, फास्ट फुड, आईसक्रिम, अल्कोहलजन्य पदार्थहरु, प्लेनको टिकट, मिठाईहरु घरघरमा पु¥याउन सकिने अधिकारीले जानकारी दिनुभयो । साथै कुरियर सेवा, किराना पसलका सामग्रीहरु, मासु, दग्ध उत्पादन, र आधारभुत स्वास्थ्य जाँच समेत घरमै हुने उहाले बताउनुभयो । बस्तुको मुल्य बाहेक कुनै पनि सेवा शुल्क नलिईने सञ्चालक अधिकारीले बताउनुभयो । तर अर्डर गरिने बस्तुहरु भने २ सय रुपैया भन्दा माथिको हुनुपर्नेछ ।

बस्तु तथा सेवाको बजार मुल्यमै घरघरमा सेवा दिने उदेश्यले पुर्वमा गोग्ली, पश्चिममा सर्रा, उत्तरमा सिस्ने खोला, मसिना र दक्षिणमा गैरागाउँसम्म आधा घण्टा भित्रै सेवा दिने सञ्चालकको भनाई छ । ‘बजारमा पाईने बस्तुकै मुल्य लिएर हामीले घरघरमा सेवा दिने उदेश्यले एक कल समस्या हललाई सञ्चालन गर्ने योजना बनाएका छौँ ।’ अधिकारीले भन्नुभयो, ‘सेवा दिए वाफत उपभोक्ताबाट हामीले कुनै पनि प्रकारको सेवा शुल्क लिने छैनौ यो पुरै निशुल्क सेवा हो ।’

तर टेक्निकल, प्लम्बरको सेवाका लागि पनि रु एक सय रुपैया शुल्क लाग्ने सञ्चालकले बताउनुभयो । स्वास्थ्य सुविधा अन्र्तगत सामान्य स्वास्थ्य परिक्षण र ल्याव टेष्टका लागि नमुना संकलन गर्न स्वास्थ्यकर्मीहरु घर मै पुग्ने अधिकारीले बताउनुभयो । त्यति मात्र हैन निशुल्क रुपमा विद्युत महसुल तिर्ने सुविधा समेत रहेको उहाको भनाई छ । एक कलकै आधारमा विद्युतको महसुल तिर्ने सुविधा रहेको र यो सुविधा लिए वाफत विद्युत महसुल बाहेक कुनै पनि प्रकारको सेवा शुल्क तिर्नु नपर्ने अधिकारीले बताउनुभयो ।

अहिले पनि दैनिक ४÷५ वटा अर्डरहरु आईरहेको र यसलाई बृद्धि गरि घर घरमै सेवा प्रदान गर्ने आफ्नो उदेश्य रहेको अधिकारीले बताउनुभयो । दुई जनाले मिलेर सञ्चालन गरेको एक कल समस्या हल सुविधाका लागि तीन जना कर्मचारीहरु रहेको समेत उहाले जानकारी दिनुभयो ।