प्रहरीमा ४ जना बिरुद्ध किटानी जाहेरी

Advertise with us

दाङ, पुस ४ । एक महिनापछि गलेको अवस्थामा मृत भेटिएका सुवाष पुनका परिवारले ४ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा किटानी जाहेरी दिनुभएको छ । एक महिना पहिले १० जना साथीहरुसंग प्युठानको स्वर्गद्धारी घुम्न गएका पुन फर्किने क्रममा बाटोबाटै हराएका थिए ।

Buddha International Hospital

Advertise with us

हराएका पुन एक महिना पछि पुन घोराही उपमहानगरपालिका वडा नं. १९ को हरीकिसे भिरमा मृत अवस्थामा स्थानीयबासीहरुले देखेका थिए । पुनको शव गलेको अबस्थामा घाँस दाउरा गर्न गएका महिलाहरुले भेटाएपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनामा संकास्पद भनिएका घोराही उपमहानगरपालिका वडा नं. १३ का १८ वर्षिय सन्तोष घर्ती, वडा नंं. १८ सुपैलाखुट्टीका २० वर्षिय बादल शाह, वडा नं १८ कै १८ वर्षिय ओशक घर्ति र वडा नं. १३ का विपि पुन बिरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिनुभयो ।

कार्तिक २९ गते साँझ ६ बजे विपि पुन र अशोक घर्तिले सुभाष पुनलाई घरबाट बोलाई लगेको मृतक पुनका वावु रामबहादुर पुनले जानकारी दिनुभयो । घरपरिवारले संकास्पद किटानी जाहेरी दिएकालाई पक्राउ नगर्दासम्म शवको पोष्टमार्टम गर्न नदिने अडान लिएका छन् । आफ्नो छोरासंग गएका अन्य व्यक्तिहरु चार दिनपछि फर्किएको र छोरा सुभाष नफर्किएपछि पुनले खोज तलासका लागि जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी समेत दिनु भएको थियो ।

घोराही उपमहानगरपालिका वडा नं. १३ तुरुन्तपुरका १६ बर्षीय मृतक पुन घोराही स्थित अल्फा बोर्डिङ्ग स्कूलमा कक्षा १० मा अध्ययनरत थिए ।