तुलसीपुरमा विपिको पुर्णकदको शालिक अनावरण

तुलसीपुर, २८ भदौ | दाङको तुलसीपुरमा महामानवि विश्वेश्वर प्रसाद कोइराला (विपि)को पुर्णकदको शालिक आज अनावरण गरिएको छ । शालिकको शनिबार (आज) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गर्नुभएको हो । शालिक अनावरण गर्दै विपिले देखाएको मेलमिलापको सन्देश सबैले अनुशरण गर्नुपर्ने बताउनुभयो ।

Blog Post Ad

Blog Post Ad

उहाँले स्वर्गिय विपी कोइरालाले विकास गर्दा मानिसलाई केन्द्रविन्दुमा राखेर गर्ने गरेको भन्दै विपिले देखाएको सत्मार्गमा हिड्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । यसअघि अर्धकद रहेको शालिकलाई विस्थापन गरी पुर्णकदको शालिक स्थापना गरिएको नेपाली कांग्रेस दाङले जनाएको छ ।

करिब १० लाखको लागतमा पूर्णकदको शालिक स्थापना गरिएको क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्काले जानकारी दिनुभयो । शालिक अनवरण कार्यक्रममा पूर्वसिँचाइमन्त्री दिपक गिरी, प्रदेश नम्बर पाँचका सार्वजनिक लेखा समितिका संयोजक डिल्ली चौधरी, राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, जिल्ला सभापति कृतिबहादुर खड्काले पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर बढ्नुको विकल्प नभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *