नवलपुर कपको फाइनलमा न्यू स्टार र राप्ती क्लव

दाङ,४ पुस । केशरसिंह श्रेष्ठ स्मृति फुटवल प्रतियोगिता ‘नवलपुर कप २०७५’को फाइनलमा न्यू स्टार फुटवल नारायणपुर र राप्ती क्लव प्रवेश गरेका छन । प्रतियोगिताको सेमिफाइनल खेलमा सनस्टार फुटवल क्लव रोल्पालाई हराउदै न्यू स्टार फुटवल एकेडेमी र यूएनविसी घोराहीलाईलाई हराउदै राप्ती क्लव प्रतियोगिताको फाइनलमा प्रवेश गरेका हुन ।

Buddha International Hospital

Advertise with us

बुधवार नवलपुर खेल मैदानमा भएको सेमिफाइनल खेलमा रोल्पालाई ०–४ गोलले पराजित गर्दै न्यू स्टार फाइनलमा प्रवेश गरेको हो । जितका लागि टिम क्याप्टेन मनिष पाण्डेयले २ गोल गरेका थिए । खेलको सुरुदेखि नै दवाफ सिर्जना गरेको न्यू स्टारको जितका लागि क्यापटेन पाण्डेयले खेलको १३आँैँ मिनेट र ९२औँ मिनेटमा २ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै न्यू स्टारका घनश्याम धामीले ३६ औँ मिनेटमा टिमका लागि दोश्रो गोल गरे । उक्त गोलले न्यू स्टारको जितलाई अग्रता दिएको थियो ।

निकै आक्रामक खेल खेलेको न्यू स्टारले ७२ औँ मिनेटमा खेलाडी राकेश सापकोटाले तेश्रो गोल थप्दै टिमलाई फाइनलको यात्रा सुनिश्चित गरेका थिए । खेलमा गोलका लागि सन स्टार रोल्पाका खेलाडीहरुले पटक–पटक पोष्ट चार्ज गरेपनि न्यू स्टारका गोलकिपर गणेश बिएमले उत्कृष्ठ बचाउ गरेका थिए । प्रतियोगितामा हारसँगगै सनस्टार फुटवल क्लव प्रतियोगितावाट बाहिरीको छ ।

प्रतियोगितामा न्यू स्टारका क्याप्टेन मनिष पोण्डेय म्यानअफ द म्याच घोषित भएका थिए । केशर सिंह श्रेष्ठका नाति सुवास श्रेष्ठ र श्रेष्ठ परिवारले आयोजना गरेको प्रतियोगिताको पहिलो सेमिफाइन खेलमा यूएनविसी क्लव घोराहीलाई ०–२ गोलले हराउँदै राप्ती क्लव घोराही प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको बिजेताका लागि प्रमुख दावेदार मानिएको यूएनविसीलाई हराउँदै फाइनलका लागि यात्रा राप्ती क्वलले सुरक्षित गरेको हो । राप्तीको जितका लागि खेलाडी स्वप्नील संसार कुमाईले २ गोल गरेका थिए । प्रतियोगिताको खेलमा युएनविसीले दवाफ सिर्जना गरेपनि कुनै खेलाडीहरुले गोल गर्न सकेनन् ।

Advertise with us