दाङमा डेंगुले एक जनाको मृत्यु

 

NIC ASIA Bank

Ghorahi Bachat

दाङ, भदौ २७  | दाङमा डेंगुको संक्रमणले एक जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका-१ फुर्केसल्ली मलैकी २१ वर्षिया प्रतिक्षा बुढाको मुत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको बुढाका मामा अमर बुढाले जानकारी दिए ।

Center Point

City Garden

प्रादेशीक अस्पताल, राप्ती लाइफ केयर अस्पतालमा जाँच गराउँदासमेत रोग पत्ता नलागेपछि बुढालाई भदौ ७ गते उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो। डेंगुको उच्च जोखिममा रहेको दाङमा अहिलेसम्म ४२ जना डेंगुका बिरामी फेला परेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डेंगु रोग दाङका फोकल पर्सन कमल चन्दले बिरामीको संख्या दिनानु दिन बढिरहेको बताए । उनले हालसम्म १८ महिला र २४ पुरुषमा संक्रमण देखिएको जानकारी दिए।

डेंगुका बिरामीहरूको घोराही र तुलसीपुरमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा उपचार भइरहेको छ । ‘डेंगु रोगको लक्षण देखिएका केहि बिरामी उपचारपछि घर फर्किएको र तीनको नियमित सम्पर्कमा रहेको फोकल पर्सन चन्दले बताए । जिल्लामा डेंगुको त्रास बढ्दा स्थानीय सरकार र सरोकारवालाले रोग नियन्त्रण र व्यवस्थापनमा चासो देखाएको छैन ।