मगर संस्कृति संरक्षण गर्न महोत्सव


घोराही, ४ पुस | दाङको शान्तिनगरमा प्रथम शान्तिनगर व्यापारीक तथा पर्यटन महोत्सव हुने भएको छ । यही पुस २६ देखि माघ ६ गतेसम्म शान्तिनगर ५ बैसा रगैयामा महोत्सव हुने भएको हो ।

Buddha International Hospital
Advertise with us

अठार मगरात मगर खाम तथा सस्कृति संरक्षण बिकास मञ्चको आयोजनामा महोत्सव हुन लागेको तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । केन्द्रीय अध्यक्ष चन्द्रज्योती बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा पछिल्लो समय मगर सस्कृति तथा पहिचान लोप हुँदै जान थालेको भन्दै महोत्सवको आयोजना गरिएको जानकारी दिईएको हो ।

सबै जात जातीहरु आ–आफ्नो पहिचान र रितीरिवाजलाई खोज अनुसन्धान गरिरहेका बेला मगर समुदाय भित्रका भाषा,भेषभुषा र सस्कृतीलाई सरक्षण तथा प्रर्दशन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।

५० हजारलाई मेलामा अवलोकन गराउने र ३० लाख सम्मको आर्थिक संकलन गर्ने समेत लक्ष्य राखिएको महोत्सवका संयोजक याम पुनमगरले जानकारी दिनुभयो ।महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ भने १ सय २० वटा स्टलहरु राखिने भएको छ ।

Advertise with us