अग्नि पिडितलाई राहत उठ्ने क्रम जारी

ओपेन्द्र बस्नेत
तुलसीपुर, पुस | विपतमा परेका तुलसीपुरका अग्नि पिडित व्यवसायी भिमप्रसाद घिमिरेलाई सहयोग रकम उठ्ने क्रम जारी छ ।

Buddha International Hospital
Advertise with us

अग्नि पिडित घिमिरेलाई अहिले सम्म विभिन्न संगठनमा आवद्ध तुलसीपुरका व्यवसायीले पाँच लाख बढि सहयोग प्राप्त भएको तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष शेवकराम भण्डारीले जानकारी दिए । उनका अनुसार मंगलबार दुई लाख ८९ हजार २ सय ७६ रुपैयाँ पिडितलाई प्रदान गरिएको छ ।


जस मध्य सबै भन्दा बढि तुलसीपुर फैन्सी व्यवसायी उपसमितिले एक लाख ७८ हजार ९ सय ६५ रुपैयाँ सहयोग गरेको छ । उक्त रकम संयोजक संदिप कुमार थापाले अग्नि पिडित घिमिरेलाई हस्तान्तरण गरेका हुन । खाद्यन्न व्यवसायी उपसमितिले पनि ५५ हजार रुपैयाँ सहयोग गरेको छ । खाद्यन्न व्यवसायीका संयोजक जनक रावत, तुलसीपुर उद्योगाबाणिज्य संघका पूर्व अध्यक्ष बिम रिजाल, यातायात व्यवासायी सुरेश हमाल, वडाध्यक्ष वीरेन्द्रकुमार शाहले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी तुलसीपुरका किराना व्यवसायीले अग्नि पिडित भिमप्रसाद घिमिरेलेलाई आर्थिक सहयोग गरेका छन् । अग्नि पिडित घिमिरेको घरमा मंगलबार पुगेर किराना व्यवसायी समितिका संयोजक विष्णु भुसालले विभिन्न व्यवसायीबाट संकलित ४० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी पूर्णीमा सप्लायर्सले पनि १५ हजार ३ सय ११ रुपैयाँ अग्नि पिडितलाई सहयोग गरेको छ । उक्त रकम डम्बर डाँगी (हेमन्त) ले प्रदान गरेका हुन् । जुत्ता तथा चप्पलको होलेसेल कारोबार गर्दै आएका घिमिरको घर र गोदाममा मंसिर २८ गते विहान आगलागि हुँदा पाँच करोडको क्षेति भएको थियो । अग्नि पिडित घिमिरको परिवार अहिले घर भाडामा लिएर बस्दै आएका छन् ।

Advertise with us