सल्यानका दुई बालिका एक हप्तादेखि बेपत्ता

सल्यान, २५ भदौ | सल्यानमा दुई बालिका एक साता देखी परिवारको सम्पर्क बिहिन भएका छन् । बनगाड कुपिण्डे नगरपालिका १० का दुई जना बालिका एक हप्तादेखि बेपत्ता भएका हुन् । माझकाँडाका १३ वर्षीया खिमा ओली र १३ वर्षीया नै प्रतिमा बटाला एक हप्तादेखि बेपत्ता भएका हुन् ।

गएको भदौ १९ गते बेलुका घरबाट निस्किएको र त्यसपछि घर नफर्किएको खिमाका बुवा अम्बर ओलीले बताउनुभयो । उनीहरु घरबाट बेलुका ७ बजेतिर निस्किएको अभिभावकले बताएका छन् । दुबै बालिका स्थानीय भगवती आधारभूत विद्यालयमा कक्षा ७ र ६ मा अध्ययनरत थिए ।

बालिकाहरुको खोजी गरिदिन भन्दै अभिभावकले बनगाड प्रहरी चौकी बालुवासँग्रहीमा भदौ २२ गते हुलियासहित निवेदन पेस गरेको र प्रहरीले खोजी जारी राखेको बताएको छ ।